एमालेसँग पार्टी एकता छिट्टै : प्रचण्ड

एमालेसँग पार्टी एकता छिट्टै : प्रचण्ड


माओवादी केन्द्रका अध्यक्ष  ‘प्रचण्ड’ले एमालेसँग छिट्टै पार्टी एकता हुने बताएका छन् ।

खुमलटारस्थित आफ्नै निवासमा मंगलबार बिहान ललितपुरका राजनीतिक एवम् सामाजिक अगुवाहरुसँग कुराकानी गर्दै प्रचण्डले आफूहरु छिट्टै पार्टी एकता र सरकार गठन गर्ने प्रक्रियामा रहेको बताएका हुन् ।

‘अब छिट्टै पार्टी एकता गर्ने र सरकार गठन गर्ने प्रक्रिया छ,’ उनले भने, ‘सरकार गठनसँगै हाम्रो ध्येय सुशासन र विकासमा केन्द्रित गर्ने भनेका छौँ ।’

प्रचण्डले आफू ललितपुरमा बस्न थालेपछि विभिन्न संघ-संस्था तथा समुदाय र राजनीतिक एवम् सामाजिक अगुवाहरुले गरेको स्वागतले आफूलाई ऊर्जा मिलेकोसमेत बताए ।