केपी ओलीको बैंकक बसाई लम्बियो

केपी ओलीको बैंकक बसाई लम्बियो


एमाले अध्यक्ष केपी शर्मा ओलीको बैंकक बसाई लम्बिएको छ। आज फर्कने योजनासहित बैंकक गएका ओली बिहिबार मात्र फर्कने भएका छन् ।

गत पुस २६ मा त्यसतर्फ गएका ओली आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने कार्यक्रम रहेको उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।