सम्भवत: आज प्रदेश प्रमुख, अस्थायी राजधानी तोकिँदै

सम्भवत: आज प्रदेश प्रमुख, अस्थायी राजधानी तोकिँदै


आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नका निम्ति सरकारले आफ्नो गृहकार्यलाई बढाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहानैदेखि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार, आजको मन्त्रिपरिषद् बैठकबाट दलीय सहमतीकै आधारमा सरकारले प्रदेश प्रमुख तोक्नेछ । प्रदेशको अस्थायीमुकामका बारेमा देउवाले विहानैदेखि छलफल बढाएका हुन ।

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ । निर्वाचन सम्पन्न भएको लामो समय भइसक्दा पनि प्रदेश प्रमुख र अस्थायी मुकाम नतोकिएको भन्दै सरकारको आलोचना हुर्दै आएको छ ।

आजको बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्नेछ ।

जसले गर्दा राष्ट्रियसभा निर्वाचन प्रभावति बन्न सक्ने खतरा पैदा भएपछि सरकारले आज प्रदेशप्रमुख र अस्थायीमुकाम तोक्ने तयारीमा जुटेको हो ।