श्रम मातहतका निकाय संघीय संरचनामा नजाने

श्रम मातहतका निकाय संघीय संरचनामा नजाने


  • विजय दमासे

श्रम तथा रोजगार मन्त्रालय अन्तरर्गतका विभाग तथा निकायहरु संघीय संरचनामा नजाने भएका छन् । सरकारले सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पु-याउने भनेतापनि श्रम तथा रोजगार मन्त्रालयले आफू मातहतका निकायलाई संघीय संरचना नबदल्ने भएको हो ।

श्रम सचिव सचिव लक्ष्मणप्रसाद मैनालीले श्रम मातहतका निकायहरू संघीय संरचनामा लैजान कुनै छलफल नै नभएको बताए । कामदारको सुरक्षा, श्रम ऐन र अन्तर्राष्ट्रिय कानुनहरू परिपालन गर्नका निम्ति अप्ठ्यारो पर्ने भएकाले सरकारले तत्कालका लागि श्रम मातहतका निकायहरूलाई संघीय संरचनामा बदल्न नसक्ने सचिव मैनालीले बताए ।

उनका अनुसार देश संघीयतामा गएपनि श्रम अन्तरर्गतका सम्पूर्ण काम तत्काललाई केन्द्रबाटै हुनेछ । मन्त्रालयले श्रम मातहतका निकायलाई संघीय संरचना नबदल्ने भएपनि तत्कालका निम्ति श्रमको काम काठमाडौंबाट मात्रै हुने भएको छ ।

वैदेशिक रोजगारका निम्ति दैनिक हजारौं युवाहरु विदेशिने गरेका छन् । युवाहरु श्रम स्वीकृति लिन काठमाडौं नै धाउनुपर्ने समस्या छ । यसले वैदेशिक रोजगारमा जाने युवाहरुलाई खर्चिलो बनाएको समेत बेलाबेलामा गुनाशाहरु आउने गरेका छन् ।

यस्ता गुनाशा सम्बोधन गर्न मन्त्रालयले संघीयता कार्यान्वयन पछि आवश्यक अनुसार केही स्थानमा छलफल पछि मात्रै केही निकायहरु खोल्न सक्ने श्रम सचिव मैनाली बताउछन् ।