गण्डक नहरमा पानी नआउँदा सिंचाईमा समस्या

गण्डक नहरमा पानी नआउँदा सिंचाईमा समस्या


-प्रणय साह, बिरगञ्ज
गण्डक नहरमा पानी नआउँदा किसानलाई गहुँ बालीमा सिचाई गर्न समस्या भएको छ । भारतले निर्धारित समयमै नहरमा पानी नछोडदा किसानलाई मर्का परेको हो ।

नारायणी सिचाई डिभिजन नम्बर ५ अन्तर्गत सम्पुर्ण बिएसी तथा एमएसी नहरमा पानि नआउँदा पर्साका कृषकहरुलाई सिचाई गर्न समस्या भएको स्थानियले गुनासो गरेका छन् । ‘नहरमा पानी नआएकोले महंगो मुल्यमा पम्पसेटबाट सिचाई गर्न बाध्य भएका छौं ।’ स्थानिय कृषक सादु साहले भने, ‘पानी नभएका कारण बाली नालीमा सिंचाई गर्न निकै गाह्रो भएको छ ।’

पोखरीया नगरपालिका, सतवरीया, बसन्तपुर, कालिकामाई, गाउँपालिकाका बिरन्चीवर्वा, हरिहरपुर, भेडिहारी, मुडली, प्रशुरामपुर, पकाहामैनपुर गाउँपालिकाको लहावरथकरी, सबैठवा लगायतका दर्जनौ क्षेत्रका कृषकहरु महंगो मुल्यामा पम्पसेटबाट गहु, मकै, तरकारी लगायतका खेतीमा सिचाई गरिरहेका छन् । नेपल भारत सम्झौता अनुसार भारतले डिसेम्बर २५ देखि नै नहरमा पानी छोडनुपर्नेमा हालसम्ममा पनि नहर सुख्खा भएको छ । ‘गहुँ बालीमा सिंचाई गर्ने यो उपयुक्त समय हो ।’ उनले भने, ‘ढिलो भए बाली नै विग्रेर गहुँको उत्पादन घट्ने किसानको चिन्ता छ ।’

सैहुराहाका किसान सादु साह आफुहरुले नहरको भर परेर समस्या मात्र भोगिरहेको बताए । नहरमा पानी ल्याउन समयमै सम्बन्धित निकायले ध्यान नदिएको कारण किसानलाई समस्या परेको कालिकामाई गाउँपालिका वडानम्बर १ टिनडोयिबा निवासी राजाक राउत गदीले गुनासो गरे ।