म्याग्दीका ६७ किसान सम्मानित

म्याग्दीका ६७ किसान सम्मानित


जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ६७ जना किसानलाई सम्मान गरेको छ ।

छैटौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत् कृषि प्रदर्शनी मेलामा खाद्य, तरकारी, फलफूल, दलहन–तेलहन,माछा–हाँस, अन्न र विविध गरी सातवटा समूहका ६७ जना किसानलाई सोमबार सम्मान गरिएको हो ।

प्रदर्शनीमा काउलीतर्फ पदमबहादुर कार्की, आलुमा मनबहादुर बुढाथोकी, अदुवामा गीरेन्द्र बानियाँ, मुलामा चन्द्रबहादुर कार्की, माछामा प्रेमबहादुर कुँवर, केरामा सोवित शर्मा, सिमीमा टेकबहादुर पुर्जा, धानमा धनप्रसाद सापकोटा र तरुलमा गंगा चोखाल प्रथम भएका थिए ।

प्रदर्शनीबाट छनोट गरिएकालाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी ६७ जनालाई सम्मान गरिएको बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए । राससका अनुसार प्रदर्शनीमा जिल्लाका २०१ कृषकले सहभागिता जनाएका थिए ।