‘भुइँया’लाई पहिचान पुरस्कार

‘भुइँया’लाई पहिचान पुरस्कार


यस वर्षको पहिचान पुरस्कार पत्रकार, लेखक तथा अनुवादक यज्ञशको ‘भुइँया’ नामक कृतिलाई प्रदान गरिने भएको छ । यज्ञशको उक्त कृति यसैवर्ष प्रकाशन भएको हो । बेलायतबासी नेपालीहरूद्वारा स्थापित सो पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।

बेलायतमा रहेका पहिचान समर्थक स्रष्टाहरूले पहिचान पुरस्कार कोष स्थापना गरेका हुन् । उक्त पुरस्कार आउँदो चैत्र पहिलो साता प्रदान गरिने पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले जनाएका छन् ।

यज्ञशले ‘भुइँया’मा पहिचानविहीन समुदायका मान्छेहरूको जीवनको संघर्षलाई गहकिलो ढंगले प्रस्तुत गरेका छन् । पहिचान प्राप्तिका लागि संघर्ष गरिरहेका जाति, समुदायको कारुणिक कथा ‘भुइँया’मा समेटिएका छन् । मधेश क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका समुदायको विषयलाई कृतिमा उजागर गरिएको छ ।
पुरस्कार कोषद्वारा जारी विज्ञप्तिमा ‘देशको एकात्मक अनुहारलाई बहुल बनाउन कृतिभित्रका पात्रहरूले गरेको संघ