जापानमा संगठित भए तनहुँवासी

जापानमा संगठित भए तनहुँवासी


(टोकियो) जापान । तनहुँ जिल्लाबाट जापानमा आई बसोबास गर्ने तनहुँवासी नेपालीहरू जापानमा सङ्गठित भएका छन् । हिजो आइतबार सम्पन्न पहिलो भेलाले विजय थापाको अध्यक्षतामा तनहुँ समाज जापान गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सुमन भट्टराई र मिन गुरुङ, सचिव सुनिल रिजाल, कोषाध्यक्ष सुनिता कँडेल, रहनुभएको छ । सदस्यमा कल्पना जिसी, धर्मिका घिमिरे, रविन्द्र जमरकट्टेल, सन्त गुरुङ, चुडामणि अर्याल, अनिल केसी, दिपेन क्षेत्री, सुरेश गिरि, माधव सिग्देल र प्रमिला पाण्डे निर्वाचित हुनुभएको छ ।

समितिको पहिलो वैठकले राजेन्द्र जमरकट्टेल र अरुण श्रेष्ठलाई सरक्षंक र पुरुषोत्तम सिग्देललाई सल्लाहकारमा मनोनयन गरेको अध्यक्ष विजय थापाले जानकारी दिनुभयो ।