कुरीतिजन्य हिंसा बढ्दो क्रममा

कुरीतिजन्य हिंसा बढ्दो क्रममा


मानववादी समाज (सोच) नेपालले कुरीतिका कारण देशका विभिन्न जिल्लामा भएका हिंसाहरुका बारेमा नेपालका दैनिक राष्ट्रिय पत्रपत्रिकामा छापिएका समाचारका आधारमा रिपोर्ट सार्वजनिक गरेको छ ।

उक्त रिपोर्टका आधारमा अंग्रजी संवतका गत ३ महिनामा (जुलाई, अगस्त, सेम्टेम्बर, २०१७) ४३ जनालाई कुरीतिका कारण शारीरिक र मानसिक हिंसा गरिएको पाईएको छ । यो अवधिमा २ पुरुष र ५ महिलाले कुरीतिका कारण ज्यान गुमाएका छन् । त्यस्तै ७ महिलालाई मानसिकरुपमा हिंसा गरिएको छ, १७ जनालाई शारीरिकरुपमा हिंसा गरिएको छ ।

गत तीन महिनाको अवधिमा छुवाछुतका कारण भएको हिंसा अन्य कुरीतिका तुलनामा बढी (१२) वटा पाईएको छ । त्यस्तै छाउपडिबाट भएका ७ वटा हिंसाका घटना पत्रपत्रिकामा आएका छन् । कानुन नै बनाएर आपराधिक कार्य घोषणा गरिएको बोक्सी सम्बन्धि कसुरका ४ घटना सार्वजनिक भएका छन् ।

अधिकांश कुरीति सम्बन्धि हिंसाका घटनालाई स्थानीय प्रहरीमा लैजान भन्दापनि गाउँमै मिलेमतो गरि मिलाउने चलन अझपनि उत्तिकै मात्रामा पाइएको छ । कतिपय स्थानमा स्थानीय प्रहरीले समेत फौजदारी सरह मानिने कुरीतिजन्य हिंसालाई मिलेमतोमा दोषीलाई छुटाएका घटना सार्वजनिक भएका छन् ।

अघिल्लो त्रैमाशिकको तुलनामा यस त्रैमाशिकमा ३४ वटा कुरीतिका घटना सार्वजनिक भएकोमा यस त्रैमाशिकमा थप १० वटा कुरीतिका घटनाहरु सार्वजनिक भएका छन् ।

सोच नेपालले हरेक तीन महिनामा उक्त रिपोर्ट सार्वजनिक गदै आएको संस्थापक उत्तम निरौलाले जानकारी दिनु भयो ।