खप्तड गोल्ड कपको उपाधि त्रिभुवन क्लबलाई

खप्तड गोल्ड कपको उपाधि त्रिभुवन क्लबलाई


नेपाल आर्मीको त्रिभुवन क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम दोश्रो खप्तड गोल्डकपको उपाधि जितेको छ । आर्मीले फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोल रहित बनेपछि फानईल नतिजा पेनाल्टीको आधारमा गर्नु परेको थियो । पेनाल्टी सुट आउटमा आर्मी क्लवले ४ का विरुद्ध ५ गोल गर्दै उपाधिमाथि कव्जा जमाएको हो ।

आर्मीलाई खप्तड गोल्डकपको उपाधि दिलाउन विबेक वस्नेत निर्णायक गोल गरेका थिए । पेनाल्टीमा आर्मीले पाँचवटै गोल गर्न सफल भएको थियो भने एपीएफ एउटा गोल गर्न चुकेको थियो ।

खप्तड गोल्डकपको फाइनल खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले गरेका थिए ।