माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु १० घाइते

माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु १० घाइते


दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

आज बिहान बा३ख ९५२१ नंको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

घाइतेमध्ये चारजना गम्भीर रहेको र उनीहरुलाई बाँके अस्पतालमा पठाइएको र अन्य छजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।