लट्रीको बहानामा ठगी गर्नेहरू पक्राउ

लट्रीको बहानामा ठगी गर्नेहरू पक्राउ


लट्री परेको भन्दै फोन र समाजिक सञ्जालमार्फत ठगी गर्ने समुहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिकको सहयोगमा तराईका बारा, पर्सा, सर्लाहीलगायत जिल्लाका आपराधिक प्रवृत्तिका व्यक्तिको समूह बनाएर भाइबर, फेसबुक, ट्वीटर र नेपाली नम्बरमा फोन गरेर ‘तपाईंले २५ लाख रुपैयाँ लट्री जित्नुभएको छ’ भनी ठग्ने समूहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण जमुई, पञ्चायत आधारका १९ वर्षीय रोहितकुमार सिंह, जमुई, पञ्चायत खैरमाका २२ वर्षीय छोटुकुमार, धनुषा, जनकपुर–१ पौडेश्वरका १८ वर्षीय अमित यादव, सोही स्थानका २२ वर्षीय राजेश यादव, धनुषा जनकपुर–२ का शिवशंकर मण्डल रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरूले एक अर्कासँग सम्पर्कमा रही अलग–अलग स्थानबाट फोन तथा म्यासेज गरी प्रलोभनमा पार्ने गरेको प्रमाणको अधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबाट नगद २ लाख १९ हजार ५ सय ९३ रुपैयाँ, नागरिकता ४ थान, विभिन्न कम्पनीको मोबाइल सेट ४ थान, आइएमइको भउचर ११ थान, प्रभु रेमिटको भौचर ४ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले बताए ।