लिवर्टी इनर्जीले सर्बसाधारणका लागि २५ प्रतिशत शेयर जारी गर्ने

लिवर्टी इनर्जीले सर्बसाधारणका लागि २५ प्रतिशत शेयर जारी गर्ने


लिवर्टी इनर्जी कम्पनीले सर्बसाधारणका लागि शेयर जारी गर्ने भएको छ । कम्पनीको आइतबार भएको साधारणसभाले सर्वसाधरणमा शेयर जारी गर्ने निर्णय गरेको हो ।

लमजुङको दोर्दी खोलामा निर्माणाधिन २५ मेगावाट क्षतमाको दोर्दी ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी लिबर्टीले शेयर जारी गर्ने भएको छ । कम्पनीको साधारणसभाले आयोजनाको शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीका संचालक राजेन्द्र वस्तीका अनुसार स्थानियबासी, कर्मचारी र अन्य सर्बसाधारणका लागि २५ प्रतिशत शेयर जारी गरिनेछ । कुल ६० प्रतिशत निर्माण सम्पन्न गरेको लिबर्टीले आगामी असोजमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत उत्पादन थाल्ने जनाएको छ ।

कम्पनीले लिवर्टीसँगै तीनवटा जलविद्युत आयोजना एकसाथ अघि बढाएको छ । कम्पनीद्धारा प्रवद्र्ध्धित वाग्लुङको बडीगाड खोलामा २१ मेगावाट जलविद्युत आयोजना र लमजुङको लोदो खोलाबाट १ दशमलब ७३ मेगावाट क्षमताको जलविद्युत आयोजनाको सम्भाब्यता अध्ययन आगामी एक बर्ष्भित्र सक्ने कम्पनीको लक्ष्य छ ।