पेरूको भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का

पेरूको भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का


पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् ।

भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने दुई जनाको मृत्यु भएको छ भने १७ जना भूकम्पपछि सम्पर्कमा नआएको पेरुका स्वास्थ्यमन्त्रीले बताएका छन् ।

आइतबार पेरुमा ७.२ म्याग्निच्युडकोे भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको थियो । भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको थियो । (रासस/सिन्ह्वा)