भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यास ब्याक

भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यास ब्याक


भिसा कार्डमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) पाइने भएको छ ।

यो सुविधा अन्तर्गत ग्राहकले आफ्नो भिसा कार्डमार्फत सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानीमा आफ्नो खातामा नगद फिर्ता हुनेछ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक अन्तर्गतका भिसा कार्ड प्रयोग गर्दै आएका वैकहरुरुले क्यास लेस समुदायको लक्ष्यका साथ क्यास व्याक अफरको सुरुवात गरेका छन् । देशमा वैकिङ र कार्डबाट कारोवार गर्नहरुको संख्या वढ्दै गएकोतर्फ ध्यान दिदै पस मेसिनको माध्यामवाट कारोवार गर्ने संख्या न्युन रहेकाले यो संख्या वढाउन अफर ल्याएको बैंकहरुको भनाइ छ ।

अफर अन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक अन्तर्गतका भिसा कार्ड प्रयोग गर्दै आएका उपभोक्ताले पस मेसीनको माध्यामवाट कारोवार गर्दा न्युनतम २ देखि १० प्रतिशतसम्म क्यास व्याक प्राप्त गर्ने वताइएको छ ।

अफर माघ एकबाट शुरु हुने छ । कुनैपनि बस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा कार्डमार्फत भुक्तानी गर्न र प्रोत्साहित गर्ने उद्देश्यले बैंकहरुको पहलमा नेपालमा उक्त योजना ल्याएको हो ।

नेपाली समाजमा नगद विना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिटरक्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिन उक्त सुविधा ल्याइएको बैकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त सुविधा लिनका लागि ग्राहकले न्युनतम ५ सय रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ ।

यस योजनाबाट सेन्चुरी बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथविकास बैंक लि, एनसिसि बैंक, नेपालइन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुनेछन् । हाल देशभरी कुल ४५ सय पस मेसिन संचालनमा छन् ।