कर्पोरेट छवि कायम गर्न ज्योति विकास बैंक सफल

कर्पोरेट छवि कायम गर्न ज्योति विकास बैंक सफल


ज्योति विकास बैंकको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा राजधानीस्थित राष्टिय सभागृहमा आयोजित साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाले ज्योति विकास बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकोे १० प्रतिशतका दरले हुुने २२ करोड ८ लाख ६३ हजार ४ सय २० रुपैंया तथा तत्कालीन राप्तीभेरी विकास बैंक लि.का शेयरधनीहरूलाई गत आ.व. ०७३÷७४ को नाफाबाट तत्कालिन राप्तीभेरी विकास बैंकको संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्ता पूँजीकोे ६ प्रतिशतका दरले हुुने ९४ लाख २३ हजार ८ सय २३ रुपैंया बोनस शेयर वितरण गर्न स्वीकृत गरेको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार विकास बैंकको प्रबन्धपत्र नियमावलीमा संशोधन गरिने बैंकले जनाएको छ । विशेष प्रस्ताव बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्वि गर्न विकास बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको हो ।

सो बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार बैंक संचालनमा आएको दशौं वर्षमा बैंकले आफ्नो कर्पोरेट इमेज स्थापना गर्न सफल भएकोे छ । ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ सेवाका साथ ‘एबीबीएस’ सेवा समेत उपलब्ध गराएको छ ।

साविक राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरेपश्चात एवं ११ वटा नयाँ शाखा सञ्चालनमा ल्याएर बैंकले आफ्नो शाखा संजाल ४९ वटा एवं १४ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।