निर्वाचन आयोगले नाटक मञ्चन गरेको आरोप

निर्वाचन आयोगले नाटक मञ्चन गरेको आरोप


सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी चाँडो तोक्नुपर्ने नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनले सरकारले संविधानमा भएका अप्ठ्यारालाई तत्काल समाधान गरी सत्ता हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारे । डा. महतले सर्वोच्च अदालत र प्रा डा गोविन्द केसीबीच भएको विवाद कानूनसम्मत समाधान गर्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वाम गठबन्धनले जनतालाई बहुमत दिएकाले नयाँ सरकार गठनका लागि सरकारले चाँडो मार्गप्रशस्त गर्नुपर्ने जिकीर गरे । निर्वाचन आयोगले समानुपातिकको नतिजा सार्वजनिक नगरेर नाटक मञ्चन गरिरहेको आरोप लगाउँदै उनले संवैधानिक निकाय पदीय जिम्मेवारीमा बस्नुपर्ने तर्क गरे ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले पनि निर्वाचन आयोग र सरकारले नयाँ सरकार गठन गर्ने बाटो खोल्नुपर्ने बताए ।