तामाङ ‘ठिटो’ सार्वजनिक

तामाङ ‘ठिटो’ सार्वजनिक


गायक योगेश लामाले तामाङ सेलो गीत तामाङ ठिटो सार्वजनिक गरेको छ । लामाले आफ्नै स्वर र बिन्दाबासिनी युट्युब च्यानलबाट उक्त गीतलाई बाहिर ल्याएका हुन् ।

सिन्धुपाल्चोकका गायक योगेशले यसभन्दा हे इश्वर फेरि फर्कि आउ……, कुटु कुटु खाई रहन्छ मुटु, बहुचर्चित लोक दोहोरी र तामाङ ठिटो उतारेका छन् । आस्यङ्की छोरी पनि ल्याउने तयारीमा छन् ।

लामाले म्युजिक भिडियोहरू सार्वजनिक गरेसँगै थुप्रै स्टेज कार्यक्रमहरूमा प्रस्तुति दिइसकेको छ । हाल भने निरमाया दोहोरी साँझमा नियमित गीत गाइरहेका छन् ।

भिडियोमा छिरिङ लामा र अञ्जली अधिकारीले फिचरिङ गरेका छन् । गंगाराम राईको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी अनिल भुजेलले गरेका हुन् ।