एनजीए एनएसी ओपन गल्फमा मध्यमाञ्चललाई स्वर्ण

एनजीए एनएसी ओपन गल्फमा मध्यमाञ्चललाई स्वर्ण


एनजीए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ । टंक बहादुर कार्की, सुबास घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले १० ओभर २८२ अंकका साथ निर्भाना कन्ट्री क्लबलाई १२ स्ट्रोकले हराउदै स्वर्ण पदक जितेको हो ।

२९४ अंक सहित युवराज भुजेल, शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबला रजत पदक प्राप्त गर्दा बिनोद तामाङ, भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबको टिम ३०४ अंक सहित कास्य पदक हात पारेको थियो ।

एकल तर्फ टंकबहादुर कार्की दोस्रो दिन २ अन्डर ६६ स्कोरका साथ सुबाष घिसिङलाई ८ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहेका छन । ३६ होलको समाप्तिमा समग्रमा टंकले १ ओभर १३७ स्कोर जोडी ८ स्ट्रोकको फराकिलो अग्रता बनाएका हुन ।

समग्रमा ९ ओभर १४५ अंकका साथ सुबास घिसिङ र पहिलो दिनका संयुक्त लिडर शुक्रबाहादुर राई संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन । १४९ अंकका साथ सुन्दर राई चौथो, १५० अंक जोडी बिपिन तमाङ पाँचौ, १५१ अक बनाएका नवराज थापा छैटौ तथा १५२ अंक बनाई बिनोद तामाङ र भरत बास्ताकोटीले संयुक्त रूपमा सातौं स्थानमा रहेका छन् ।