नन्द भाउजुको जोडी क्वाटरफाइनलमा

नन्द भाउजुको जोडी क्वाटरफाइनलमा


नेपाल प्रहरीका नन्द एलिना महर्जन र भाउजु नविता श्रेष्ठको जोडी राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला डबल्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनीहरुले दाङका पवित्रा खनाल र पूजा नेपालीको जोडीलाई ११–३, ११–२ र ११–४ को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धामा नेपाल आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जन, प्रहरीका सोनु थापा मगर र मन्जु सुवाल, सुनसरीका गीता भुजेल र रुपा लिम्बू, एपीएफका सेलिाशा खड्गी र सिक्का सुवाल, रुपन्देहीका अमृता थापा र गीता अर्याल, ललितपुरका अनुष्का प्रसाईं र लस्ता महर्जन तथा आर्मीका दीक्षा दाहाल र दीक्षा तामाङको जोडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष डबल्समा प्रहरीका विनेश खनियाँ र प्रदीप रोका, भक्तपुरका विवेक कवान र रजोजमान थाकु, मोरङका सन्तोष काफ्ले र प्रवेश न्यौपाने, आर्मीका कृष्ण थापा मगर र नारायण घिमिरे, एपीएफका अमरलाल मल्ल र पुरुषोत्तम वज्राचार्य, ललितपुरका रितिज जोशी र विपुल महर्जन, धनुषाका नवीनबहादुर सिंह र दीपकबहादुर सिंह तथा प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउनको जोडी क्वाटरफाइनलमा पुगे ।

मिक्स डबल्समा प्रहरीका दीप साउन र नविता श्रेष्ठ, आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङ, एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल, सुनसरीका गणेश तामाङ र रुपा लिम्बू, आर्मीका कृष्ण थापा मगर र दीक्षा तामाङ, एपीएफका अमरलाल मल्ल र सेलिशा खड्गी, सुनसरीका राजन सुब्बा र गीता भुजेल तथा प्रहरीका श्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीले क्वाटरफाइनल यात्रा तय गरे ।

मध्यमाञ्चललाई स्वर्ण एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ । टंक बहादुर कार्की,सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले १० ओभर २८२ अंकका साथ निर्भाना कन्ट्री क्लबलाई १२ स्ट्रोकले हराउदै स्वर्ण पदक जितेको हो ।

२९४ अंक सहित युवराज भुजेल,शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबला रजत पदक प्राप्त गर्दा बिनोद तामाङ,भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबको टिम ३०४ अंक सहित कास्य पदक हात पार्यो।

एकल तर्फ टंकबहादुर कार्की दोस्रो दिन २ अन्डर ६६ स्कोरका साथ सुबाष घिसिङलाई ८ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहेका छन । ३६ होलको समाप्तीमा समग्रमा टंकले १ ओभर १३७ स्कोर जोडी ८ स्ट्रोकको फराकिलो अग्रता बनाएका हुन ।

समग्रमा ९ ओभर १४५ अंकका साथ सुबाष घिसिङ र पहिलो दिनका संयुक्त लिडर शुक्रबाहादुर राई संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन । १४९ अंकका साथ सुन्दर राई चौथो,१५० अंक जोडी बिपिन तमाङ पाँचौ,१५१ अक बनाएका नवराज थापा छैटौ तथा १५२ अंक बनाई बिनोद तामाङ र भरत बास्ताकोटीले संयुक्त रूपमा सातौं स्थान बाडेका छन ।

पहिलो दिनका संयुक्त लिडर टंकले २ अन्डर ६६ अंक जोडने क्रममा फ्रन्ट नाईन १ अन्डर ३३मा सकाए । पहिलो,दोस्रो,तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे । तर चौथौ,सातौ र नवौ होलमा एक एक सट खेर फाले। ब्याक नाईन पनि १ अन्डर ३३मा पुरा गर्ने क्रममा १६औ र १८ औ होलको बोगी विरूद्ध १० औ,११ औ र १३ औ होलमा बर्डी प्रहार गरे ।

पहिलो दिन संयुक्त रूपमा छैटौ स्थानमा रहेका सुबाषले १ ओभर ६९ अंक जोडी दोस्रो स्थानमा उक्लिए । सुबाषले फ्रन्ट नाईन ईभन पार र ब्याक नाईन १ ओभर ३५ मा सकाए । उनलो तेस्रो,पाँचौ र १८ औ होलमा एक एक सट बचाए । तर चौथौ, आठौ,१५ औ र १६ औ होलमा भने एक एक सट खेर फाले ।

पहिलो दिनका संयुक्त लिडर शुक्रले भने ६ ओभर ७४ को खराब प्रर्दशन गरे । उनले फ्रन्ट नाईन क ब्याक नाईन ३(३ ओभर खेले । शुक्रले विभिन्न ६ वटा होलमा बोगी मात्र खेपेनन ५औ होलमा डबल बोगीको सामना गरे । चौथौ र १३ औ होलमा भने बर्डी प्रहार गरेका थिए ।

प्रतियोगिताको टिम ईभेन्टसको उपाधी १० ओभर २८२ अंकका साथ मध्यमाञ्चलले जितेको छ । टंक बहादुर कार्की,सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले निर्भाना कन्ट्री क्लबलाई १२ स्ट्रोकले हराउदै स्वर्ण पदक जितेको हो ।

२९४ अंक सहित युवराज भुजेल,शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबला रजत पदक प्राप्त गर्दा बिनोद तामाङ,भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबको टिम ३०४ अंक सहित कास्य पदक हात पार्यो। एकल स्पर्धामा २६ ओभर १६२ अंक सम्म जोडने २१ खेलाडीले कट बनाएका छन ।