श्रम कार्यालयका कर्मचारी घूससहित पक्राउ

श्रम कार्यालयका कर्मचारी घूससहित पक्राउ


वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) नगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित पक्रेको हो । उनले श्रम स्वीकृति दिने क्रममा सेवाग्राहीबाट घूस लिएका थिए ।

आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएका थिए।