मन्त्रिपरिषद् बैठकले आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम

मन्त्रिपरिषद् बैठकले आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम


आज बसेको बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न सकेन ।
आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न अस्थायी स्थान तोक्ने बताइएको थियो तर, त्यस्तो कुनै निर्णय भएन ।

प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरेको थियो ।

आज बसेको बैठकले धनकुटाको खोकुछिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ गते भएको घटनामा राज्य पक्षबाट १६ जना मारिएका थिए ।

त्यस्तै, बैठकले न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्याय र पुनरावेदन समिति प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैबीच, सरकारले सर्वोच्च अदालतको रजिस्टारमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गरेको छ । न्याय सेवाको विशिष्ठ श्रेणीको पद रजिस्टार पाँच महिनादेखि निमित्तको जिम्मेवारीमा चलेको थियो । कामयमुकायमको भूमिकामा पनि उपाध्याय नै थिए ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको सिफारिसअनुसार उपाध्यायलाई रजिस्टारमा बढुवा गरेको हो ।

तात्कालीन रजिस्टार नृपध्वज निरौलालाई बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगमा सरुवा गरेपछि उपाध्यायले सर्वोच्चमा कामयमुकायम रजिस्टारका रुपमा कार्यसम्पादन गर्दै आएका थिए ।