माओवादीका मन्त्रीहरुले सरकार छाडे

माओवादीका मन्त्रीहरुले सरकार छाडे


अन्ततः सरकारमा प्रतिनिधित्व गरिरहेका माओवादी केन्द्रका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवसमक्ष विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाएका हुन् ।

माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाइएको स्वंय मन्त्री गिरिराजमणि पोख्रेललले बताए ।

पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताए । मन्त्री पोख्रेलले भने आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।