राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई


राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि त्रिभुुवन आर्मी क्लबले जितेको छ ।

सम्पन्न पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मीले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ अंक ल्याएर कबड्डी च्याम्पियनसिपको उपाधि चुमेको हो । यसैगरी महिलातर्फ सुदूरपश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ अंक ल्याएर त्रिभुवन आर्मी क्लबले उपाधि चुमेको छ । उपाधि विजेता र उपविजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले ट्रफी र प्रमाणपत्र वितरण गरेका हुन् ।

खेलमा उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ नेपाली सेनाकी मेनुका राजवंशी र पुरुषतर्फ पनि नेपाली सेनाकै नागेश्वर थारुले हात पारेका छन् । उनीहरू दुवैले जनही रु १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । राससका अनुसार लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा पुरुषतर्फ दुई विभागीय टोलीसहित पाँच विकास क्षेत्रका गरी सात टोली र महिलातर्फ तीन विभागीय टोलीसहित पाँच विकास क्षेत्रका गरी आठ टोलीको सहभागिता थियो ।