निजी शैक्षिक क्षेत्रका समस्यालाई समाधान गर्नुपर्नेमा जोड

निजी शैक्षिक क्षेत्रका समस्यालाई समाधान गर्नुपर्नेमा जोड


निजी शैक्षिक क्षेत्रसँग जोडिएका कानूनी समस्यालाई समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेशनल प्याब्सनको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रियामा उनीहरुले कानूनी जटिलतालाई जतिसक्दो चाँडो सरल बनाउन सरकारसँग मागसमेत गरेका छन् ।

नेशनल प्याब्सनकी संस्थापक एवं पूर्वसांसद गीता क्षेत्री राणाले निजी शैक्षिक क्षेत्रले नेपालको गुणस्तरीय शिक्षाका लागि उल्लेख्य योगदान पु¥याएको छ भने । ।

राससका अनुसार प्याब्सनका पूर्ववरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीले कानूनमा निजी क्षेत्रले लगानी गर्न पाउँछ भनिए पनि ऐनले धेरै बाधा सिर्जना गरेकोमा गुनासो गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष डा कुश्मिला आचार्य, जिल्ला कमिटी सदस्य गीता खड्का र मनोज घिमिरेलगायतले नेशनल प्याब्सनले नेपालको शैक्षिक क्षेत्रमा खेलेको भूमिकाको विविध पक्षमाथि प्रकाश पारे ।