स्वदेशी उत्पादनको वृद्धिमा जोड आवश्यक

स्वदेशी उत्पादनको वृद्धिमा जोड आवश्यक


आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई विशिष्ट अतिथीको रूपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औद्योगिक उत्पादनमा सहकार्य गर्न नेपालको नीजि क्षेत्र तयार रहेको जानकारी गराउनुभयो । मुलुकले संघीय संविधान पनि प्राप्त गरेको र सोहि संविधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको अनुभव नेपालको नीजि क्षेत्रले पनि गरेको बताउनुभयो ।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले महोत्सव सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

आइएमई ग्रुप एक व्यवसायिक संस्था हो । यसले रेमिटेन्स, बैंकिङ, सूचना प्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।