एमाले र माओवादी कम्युनिष्ट होइनन् : परि थापा

एमाले र माओवादी कम्युनिष्ट होइनन् : परि थापा


रमेश बस्ताकोटी, कावासोती (नवलपुर)

नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापाले एमाले र माोवादी असली कम्युनिष्ट नभएको बताउनुभएको छ । उहाले ती दुई पार्टीले कम्युनिष्टको खोल मात्र ओढेको बताउनुभयो । एमाले र माओवादीले कम्युनिष्ट सिद्धान्त छोडसिकेको बताउदैं असली कम्युनिष्टहरुलाई एकत्रित गर्ने प्रयास भइरहेको बताउनुभयो ।

नेपाल क्रान्तिकारी पत्रकार महासंघ नवलपरासी शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं उहाँले बामपन्थहिरुको नाम बेचेर निर्वाचनमा एमाले र माओवादीले जनता झुक्याएको आरोप लगाउनुभयो । बामगठबन्धनको नाम दिएर सबै.कम्युनिष्टको भोट तान्न उनीहरु सफल भएको थापाको टिप्पणी थियो ।

निर्वाचन अघि विकास र स्थिरताको नारा दिए पनि अब बन्ने सरकार त्यो कुरामा सफल नहुने उहाको भनाई थियो । देश समृद्ध हुनका लाग देशभित्रको प्राकृतिक स्रोत आफ्नो नियन्त्रणमा हुनुुपर्ने बताउँदै थापाले तत्कालका लागि त्यो सम्भव नभएको बताउनुभयो । नेता थापाले भारतसँग भएका असमान सन्धी र सम्झौता खारेज गरेर देखाए मात्र अबको सरकारलाई राष्ट्रवादी भन्न सकिने बताउनुभयो । एमाले अध्यक्ष ओलीतर्फ संकेत गर्दे उहाँले आफुलाई स्वघोषणा गरेर राष्ट्रवादी भन्नुको सट्टा त्यो दिशामा काम गरेर देखाउन चुनौती दिनुभयो ।

निर्वाचन मार्फत् आफुहरुले जनताका बीचमा आफ्ना मुद्धा लैंजान सफल भएको भन्दैं थापाले बास्तविक रुपमा नेपालमा गणतन्त्र आईनसकेको ठोकुवा गर्नुभयो । उहाँले आफ्नो पार्टीको अबको बाटो जनगणतन्त्र स्थापनाका लागि संघर्ष गर्नु रहेको बताउनुभयो ।