मिस्टर झोले सिड्नी आउने

मिस्टर झोले सिड्नी आउने


नेपाली सिनेमाको लागि यतिबेला सिड्नीको प्रवासी बजार राम्रै मान्न थालिएको छ । यही क्रममा नेपाल रिलिजसँगै सिड्नीमा पनि नयाँ चलचित्र हेर्न पाउँदा सिड्नीवासी नेपाली पनि उत्साही नै देखिन्छन् ।

२८ पुस शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको चलचित्र मिस्टर झोले शनिबार (जनवरी १३)का दिन सिड्नीमा रिलिज हुने भएको छ । यो चलचित्र सिड्नीको बरूणमा रहेको इभेन्ट सिनेमामा प्रदर्शन हुने बताइएको छ । शनिबारको प्रदर्शनपश्चात मिस्टर झोले जनवरी २०, २१ र २२ मा पनि प्रदर्शन हुने जानकारी यस चलचित्रलाई सिड्नी ल्याउने वल्र्ड वाइड फिल्म ड्रिष्टिब्यूटर्स र ‘हो र होइन होला’ ईभेन्टसले दिएको छ ।

पछिल्लो पटक निकै रूचाइएका अभिनेता दयाहाङ राई र वर्षा राउतको चलचित्रमा प्रमुख भूमिका रहेको छ भने चलचित्रलाई रामबाबु गुरूङले निर्देशन गरेका हुन् । रामबाबुलाई नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्र निर्देशकका रूपमा लिइने गरिन्छ ।

– राजन घिमिरे/सिड्नी