‘गली ब्वाई’ रणवीरले जमेर गरे आलियाको प्रशंसा

‘गली ब्वाई’ रणवीरले जमेर गरे आलियाको प्रशंसा


बलिउडमा आफ्नो अभिनयको धाक जमाएर चर्चित बनेका रणवीर सिंह र चुलबुले अभिनेत्रीको रूपमा परिचित आलिया भट्ट जोया अख्तरको नयाँ फिल्म ‘गली ब्वाई’मा सँगै देखिने भएका छन् । गली ब्वाईमा रणवीरले ¥यापरको भूमिका निभाएका छन् । ¥यापरको भूमिकालाई सशक्त बनाउन रणवीर अहिले निकै मिहिनेत गरिरहेका छन् । ‘गली ब्वाई’ पूर्वक्रिकेटर कपिलदेवको कहानीमा बन्न लागेका फिल्म हो । जसमा भारतले सन् १९८३ मा विश्वकप क्रिकेटको उपाधि जित्दाको समयलाई समेटिएको छ । अख्तरसँग योभन्दा अघि रणवीरले ‘दिल धड्कने दो’ फिल्ममा काम गरिसकेका छन् ।

सन् २०१७ मा रणवीरको कुनै फिल्म रिलिज भएन । त्यसैले दर्शकहरूले गली ब्वाईबाट निकै आशा गरेका छन् । यस्तोमा कत्तिको प्रेसर अनुभव गर्नुभएको छ भनेर रणवीरसँग सोद्धा उनले आफूलाई कुनै किसिमको प्रेसर फिल नभएको बताएका छन् । ‘म मेरो परिवार, साथी, फ्यान र आफ्नो टिमप्रति निकै विश्वस्त छु’ भन्दै उनले आफ्नो नयाँ फिल्मलाई पनि दर्शकले मन पराउने दाबी गरे । आफ्नी को–स्टार आलिया भट्टको पनि रणवीरले निकै तारिफ गरेका छन् । आलियालाई यतिबेलाको सबैभन्दा उत्कृष्ट अभिनेत्रीको संज्ञा दिन उनी हिच्किचाएका छैनन् । उनी भन्छन्, ‘पहिलोपटक आलियासँग काम गर्दै छु, उनको काम गर्ने शैली देखेर निकै प्रभावित भएको छु ।’