जडीबुटी निर्यात र पृथ्वीनारायण

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

– खगेन्द्रराज सिटौला

नेपालमा जडीबुटीसँग पृथ्वीनारायण शाह छुट्याउनै नहुने नाम थियो । निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने सवालमा पनि पृथ्वीनारायण त्यसरी नै सधैँ जोडिएर आइरहनुपर्ने हुनुपर्दथ्यो । तर, भएन । कसैले सम्झिएनन् । सम्मान गर्न र प्रेरणा लिन चाहेनन । अरूले नसम्झिए पनि उनले आज्र्याको शक्तिको मुकुटका उत्तराधिकारीहरूले त सम्झिनुपर्दथ्यो । कम्तीमा पनि विकास गर्न र विकासका निकै कुरा गर्न पाएका पछिल्ला आधुनिक युगका राजाहरू महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले त उनले जोड दिएकामध्ये कुनै एकमा उनको नाम जोडेर कुनै विकास कार्यक्रम अघि सार्न सक्नुपर्ने थियो । श्रीपेच ओढेका निर्दले राजादेखि र श्रीपेच नओढेका गणतन्त्रका नेतादर्जाधारी राजाहरूसम्म कसैले पनि पृथ्वीनारायण शाहको नाममा कुनै विकास कार्यक्रम जोडेर सम्झन र सम्मान गर्न चाहेनन् । उनीसँग वा उनका विचारसँग जोडेर धेरै विकासका कार्यक्रम बनाउन सकिन्थे, अझै पनि सकिन्छन् ।

पृथ्वीनारायणले नेपालको आर्थिक विकासका लागि प्राथमिकता र जोड दिएका विषय धेरै छन् । तीमध्ये कुनै एकको यहाँ चर्चा गरिनेछ । यसरी नै अरू महत्वपूर्ण विषयको पनि क्रमशः चर्चा गरिनेछ । जसले नेपालमा विकासको बाटो र पाटो देखाउन सामथ्र्य राख्छन् । नेपाली विचार, धन र मनमा झन् बलिया विकासका सम्भावना छन् भनेर देखाउन पनि पृथ्वीविचार अघि सार्नैपर्ने भएको हो ।

आफ्नो देशको जिनिस् जरिबुटी देश(विदेश) लैजानु र नगत षैचनु । पृथ्वीनारायण शाहको उक्त विचार नै समग्र निर्यात र विदेशी मुद्रा आर्जनको प्रतिनिधि विचार हो । यसमा प्रमुख दुई विचार छन् । एउटा मुलुकमा उत्पदित वस्तु निर्यात गर्ने अर्को विदेशी मुद्रा आर्जन गर्ने । देशमा उत्पादित वस्तु निर्यात गरेर पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अरूबाट पनि विदेश मुद्रा आर्जन गर्न सकिन्छ । सारमा देश दुनियाँलाई धनी बनाउने विचार हो पृथ्वीविचार । पृथ्वीनारायण शाहले देश–दुनियाँलाई धनी बनाउने अनेक उपायमध्ये एउटा जडीबुटीलाई देखे र यो निर्यात गरेर नगद आर्जन गर्ने उपाय देखे । हामी पनि जडीबुटीतिरै लागौँ ।

नेपालमा औषधिका लागि जडीबुटीको उपयोगको लामो इतिहास छ । आयुर्वेदिक उपचार पद्धतिमा जडीबुटीलगायत अन्य प्राकृतिक मिश्रणबाट औषधि बनाएर रोगीहरूको उपचार गर्ने परम्परा जारी छ । हिमालको फेदीदेखि तराईको फाँटसम्म नेपालमा धेरै जडीबुटी पाइने र यिनको औषधि–विज्ञानमा ठूलो महत्व र मूल्य हुने भएकाले नै पृथ्वीनारायणको यिनमा आँखा परेको हो । अब सबै नेपालीको आँखा पृथ्वीनारायण र यिनले देखेको जडीबुटीमा पर्नुपर्छ ।
नेपाल सरकारले नेपालको निर्यात क्षमता बढाउन र निर्यातयोग्य वस्तुहरूको पहिचान गरेर सूची तयार गर्न पृथ्वीनारायणको नाममा निर्यात प्रवद्र्धन केन्द्र स्थापना गर्नुपर्छ । किनभने उनी आधुनिक नेपालका निर्माता एवम् प्रथम बडानेता हुन् । त्यस्तै, उनको निर्यात नीति पनि आधुनिक नेपालको प्रथम निर्यात नीति हो । निर्यात नीति जसको महत्व आज झनै बढेको छ । व्यापारघाटालाई सन्तुलनमा ल्याउन नेपाली उत्पादनलाई बाहिर निर्यात बढाएर लानुबाहेक अर्को विकल्प छैन । निर्यातयोग्य नेपाली वस्तुको प्रतिनिधि वस्तुको नाममा पृथ्वीनारायण शाहले जडीबुटीको नामै लिएर जोड दिएकोले जडीबुटीसम्बन्धी सबै काम गर्न यससँग पृथ्वीनारायणको नाम जोडेर सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जडीबुटीसम्बन्धी सोचलाई मूर्तरूप दिन र नेपालको निर्यात क्षमतालाई बढाउन पनि पृथ्वी जडीबुटी अध्ययन–अनुसन्धान तथा विकास केन्द्र नेपालजस्तो बलियो निकाय सरकारले स्थापना गर्नुपर्छ । जसले नेपालका जडीबुटीसम्बन्धी धेरै र ठोस काम गर्न सकोस् । केही वर्षअघि नेपालको भ्रमणताका छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा नेपालले जडीबुटीको विकास र निकास गरेर धेरै विदेशी मुद्रा आर्जन गर्न सक्ने कुरा बताएका थिए । नेपालको राष्ट्र निर्माणको क्रममा नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले देखेको जडीबुटीको ठूलो सम्भावनालाई छिमेकी मुलुकका प्रधानमन्त्रीले आफ्नो संसद्मै बोलेर ध्यानाकर्षण गर्दा पनि न सत्तामा बस्ने मन्त्रीहरूको न भत्तामा बस्ने सांसदहरूको नै ध्यान तानिएको छ । चर्चित भनाइ छ नि नेपालमा कि भनेको मान्नु कि आफैं जान्नु ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको निर्यात गरेर नेपाल र नेपालीलाई धनी बनाउने सपनालाई साकार बनाउन जडीबुटीबाट ठोस काम थालिहालौँ । जडीबुटीसम्बन्धी ठोस ज्ञान भएका विज्ञहरूको कार्यदल बनाएर सरकारले जडीबुटीको कामको थालनी गरोस् । विज्ञहरूको सुझावमाथि उभिएर जडीबुटीसम्बन्धीको गुरुयोजना तयार गरोस् । यस्तो गुरुयोजना बनाउँदा छिमेकी मुलुक भारत, चीन तथा अन्य मुलुकको जडीबुटी र सोसम्बन्धी कामबाट पनि सिक्न सकिन्छ । प्रकृतिले दिएको वरदानमध्ये जडीबुटी पनि एक हो नेपालको । यसलाई व्यवस्थित गरेर वैज्ञानिक किसिमले सूक्ष्म र गहिरो अध्ययन, अनुसन्धान उत्पादन, प्रशोधन तथा बेचबिखन गरेमा नेपाल र नेपालीले दाम पनि पाउँछन् काम पनि पाउँछन् । यसो भएमा पृथ्वीनारायणका सपनाहरू पनि रमाउन थाल्छन् ।

नेपालले आपूmलाई जडीबुटीसम्बन्धी अध्ययन गर्न विश्वका लागि पाठशाला बनाउन सक्नुपर्छ । नेपालमा जडीबुटीसम्बन्धी अध्ययन–अनुसन्धान गर्न जडीबुटी विश्वविद्यालय स्थापना गर्नुपर्छ । जहाँ आयुर्वेद उपचार र आयुर्वेदिक औषधिसम्बन्धी सबै अध्ययन र अनुसन्धान हुन सकोस् । कतिपय लोप हुन लागेका अमूल्य जडीबुटीको संरक्षण गर्ने काम राष्ट्रिय मात्र होइन कि अन्तर्राष्ट्रिय आवश्यकता भइसकेको छ । लोपोन्मुख जनवार संरक्षणजस्तै लोपोन्मुख वनस्पतिको संरक्षण गर्नु पनि । नेपालले यस्तो कामका लागि संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय सङ्घ–सङ्गठनहरूसँग पनि सहकार्य गर्न सक्छ । छिमेकीलगायत यससँग सम्बन्धित सबैसँग सहकार्य गर्न सक्छ ।

प्राकृतिक रूपले उम्रिएका जडीबुटीहरूलाई आगलागि तथा चोरी–निकासीमा पल्किएका तस्करहरूबाट जोगाउनुपर्छ । व्यावसायिक रूपले जडीबुटीको खेती गर्ने र वैज्ञानिक किसिमले प्रशोधन गरेर वा आफैँ औषधि बनाएर निर्यात गर्ने काम गर्नुपर्छ । नेपालले आप्mना जडीबुटी कति प्रकारका छन् तिनमा आप्mनो आधिकारिकता अथवा हकदाबी (पेटेन्टराइट्स) किन लाग्न सक्छ भनेर औपचारिक रूपमा दर्ता नगरेका धेरै होलान् सम्बन्धित निकायमा । यस्ता औपचारिक तथा अनौपचारिक धेरै काम होलान् । ती सबै पूरा गर्नुपर्छ ।

जडीबुटी नेपालले उमार्ने, तर पैसा भने विदेशीले कमाउने क्रम अब सच्चिनुपर्छ । नेपालको माटोले उमारेका जडीबुटीको पूरा मूल्य नेपालले पाउनुपर्छ भन्ने मान्यतामाथि उभिएर नेपालले जडीबुटीसम्बन्धी नीति बनाउनुपर्छ । जडीबुटीसम्बन्धी अध्ययन गर्न एकपल्ट नेपाल आउनैपर्ने सैद्धान्तिक तथा व्यावहारिक अध्ययनको थलो नेपाललाई बनाउने योजनाको साथ सरकार अघि बढ्नुपर्छ । यसका लागि सार्कस्तरीय जडीबुटीको अध्ययन तथा अनुसन्धान केन्द्र बनाउन नेपालले पहल थाल्नुपर्छ । तयारीको साथ नेपालले सार्कमा यस्तो प्रस्ताव लान सक्नुपर्छ । सार्कपछि नेपालले यो प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा पनि लानुपर्छ ।

नेपालको निर्यात क्षमता र जडीबुटीको प्रचुर सम्भावना देखेर नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले निर्यातयोग्य प्रतिनिधि वस्तुमा जडीबुटीलाई अघि सारेका हुन् । उनको यो सही रोजाइलाई नेपाली जनताले व्यवहारबाट प्रमाणित गर्नुपर्छ । यो प्रमाणित गर्नु भनेको धेरै जडीबुटी उत्पादन गर्नु, निर्यात गर्नु र धेरै नगद षै(खै)चनु नै हो । विश्व औषधिविज्ञान र उत्पादनलाई नेपालको जडीबुटीले योगदान दिएर धेरै बिरामीको आयुु लम्ब्याउन हो । औषधिविज्ञान र जडीबुटीमा चासो राख्ने विश्वको ध्यान नेपालतिर तानेर नेपाललाई जडीबुटीको अध्ययन, अनुसन्धान र बिक्री–वितरणको केन्द्र बनाउनु हो । यसो भएमा नेपाल, नेपाली र नेपाल निर्माता पृथ्वीनारायण र पृथ्वीविचारको एकैपल्ट जित भएको हुनेछ । नीतिनिर्माता जनता सबैलाई चेतना भया ।

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया






1 Shares
Share1
Tweet
+1
Share