रुपन्देही उद्योग संघमा चुनावी सरगर्मी

रुपन्देही उद्योग संघमा चुनावी सरगर्मी


९ सय ८७ सदस्य रहेको रुपन्देही उद्योग संघको आगामी शनिबार हुने २० औं अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन हुने भएपछि उद्योगीहरूमा चुनावी सरगर्मी बढेको छ ।

निर्वाचन समितिका अनुसार तोकिएको समय तालिकामा सबै पदमा उम्मेदवारी दर्ता भएको छ । जसअनुसार अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी र सल्लाहकार सुनिल श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम बोहोरा र महेश थैवको उम्मेदवारी परेको जनाइएको छ ।

निर्वाचन समितिका संयोजक यमलाल खनालका अनुसार प्रथम उपाध्यक्षमा माधवप्रसाद पौडलको, कोषाध्यक्षमा शिवकुमार पाठकको तथा सहकोषाध्यक्षमा हरिबहादुर खबीको एकल उम्मेदवारी परेको छ भने द्धितिय उपाध्यक्षमा दिलिप सापकोटा र सावित्रा टण्डन, महासचिवमा कृष्णप्रसाद पराजुली र राजेन्द्र कार्की, सचिवमा जिवकान्त काफ्ले र कृष्णप्रसाद पौडेलको उम्मेदवारी परेको छ ।

यता महिला सदस्यतर्फ तीन जनामा सरला भण्डारी, माया खनाल र रेनुका खरेलको, बुटवल औद्योगिक क्षेत्रतर्फ मोहनीलाल रिजालको, बुटवल उपमहानगरपालिकादेखि पूर्वक्षेत्रतर्फ रमेशचन्द्र रेग्मी तथा संस्थागत सदस्यतर्फ रुद्रबहादुर हमालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार बुटवल उपमहानगरपालिकादेखि पश्चिम क्षेत्रको २ सदस्यतर्फ यमलाल भट्टराई र बालकृष्ण पराजुलीको मात्र उम्मेदवारी परेको छ ।

सेवामुलक सदस्यमा लालहरि पाण्डे र माधवप्रसाद नेपाल, सिद्धार्थनगर नगरपालिका क्षेत्रतर्फ यादव गैरे र नवलकिशोर सिंह, एशोसियट सदस्य खुल्लातर्फ प्रयागलाल श्रेष्ठ र सुमन बस्याल, योगिकुटीदेखि पडसरीसम्मका क्षेत्रको सदस्यतर्फ प्रेमबहादुर आले, चन्द्रकान्त खनाल, रमेश पाण्डेय र विशाल वेल्वासेको उम्मेदवारी परेको छ ।

साधारण सदस्य खुल्लातर्फ ९ जनाका लागि १६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा रचना पन्त भट्टराई, विजयकुमार गुप्ता, विश्वकिरण घिमिरे, घनश्याम घिमिरे, हरि पहारी, सुरेन्द्र चौधरी, शोभाखर पोखरेल, दिपक खनाल, लालबहादुर थापा, हिरामणि भट्टराई, बसन्त ढकाल, कृष्णलाल भुसाल, थानेश्वर पाण्डे, सुरेन्द्र ज्ञवाली र माधव रेग्मीको उम्मेदवारी परेको जनाइएको छ ।

संघको विधान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष सहित सदस्यतर्फ बुटवल नगरपालिकादेखि पश्चिम क्षेत्रतर्फ २, सेवा मुलक सदस्य १, साधारण सदस्य खुल्ला ८, संस्थागत सदस्य १, सिद्धार्थ नगरपालिका क्षेत्र १, एशोसियट सदस्य खुल्ला १, योगिकुटीदेखि पडसरी क्षेत्र १, बुटवलनगरपालिकादेखि पूर्वी क्षेत्र १, बुटवल औद्योगिक क्षेत्र १, एशोसियट सदस्य (सिमरानादेखि लुम्बिनीसम्म) १, र महिला सदस्य ३ जना चयन हुने संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले वताए ।

निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुष २८ गते हुने छ भने दावी विरोध, छानविन, उम्मेदवारी फिर्ता गर्न २७ गतेलाई समय तोकिएको छ । मतदान २९ गते हुने कार्यक्रम रहेको छ ।

– चन्द्रकान्त खनाल