‘कुमारी बुम सुपर स्टार नाइट’ कतारमा

‘कुमारी बुम सुपर स्टार नाइट’ कतारमा


संगीक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा आगामी मार्च ८ र ९ तारिखमा कतारमा ‘कुमारी बैंक र बुम रेमिट’को प्रस्तुतिमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’ आयोजना हुँदैछ । आयोजकका अनुसार कतारका दुई शहरमा उक्त प्रस्तुति दिइन लागिएको हो ।

देशका चर्चित गायक–गायिका, हास्य कलाकार र नायक–नायिकाको साथमा यो कार्यक्रम आयोजना हुँदैछ । ‘कुमारी बुम सुपर स्टार नाइट्स’मा चर्चित हास्य कलाकार जीतु नेपाल, नायिकाहरू निरुता सिंह, अनु शाह, गायकहरू आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागाइँ, सन्तोष राज, रितकुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिकाहरू राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कँुवर नृत्य निर्देशक तथा मोडल शंकर बीसीको सहभागिता रहनेछ । कार्यक्रमको संचालन चर्चित कार्यक्रम संचालक नरेश भट्टराइले गर्दैछन् ।

करिव ५ लाख नेपालीहरुको बसोबास रहँदै आएको कतारमा सो कार्यक्रम भव्य र सव्य रूपमा आयोजना गरिने बताइएको छ । पहिलो प्रस्तुति मार्च ८ मा कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा ग्रान्ड मलमा दोश्रो कार्यक्रमको आयोजना हुनेछ, जुन कतारको राजधानी दोहामा पर्दछ ।