नक्कली कारोबार गर्ने तीन दलाल कम्पनी कारबाहीमा

नक्कली कारोबार गर्ने तीन दलाल कम्पनी कारबाहीमा


नक्कली कारोबार गर्ने तीन दलाल कम्पनीलाई धितोपत्र बोर्डले कारबाही गरेको छ । नक्कली सेयर कारोबार गर्ने तीन दलाल कम्पनीलाई धितोपत्र बोर्डले कारबाही गरेको हो ।

अग्रवाल सेक्युरिटिज प्रालि, श्रीहरि सेक्युरिटिज प्रालि र सिप्रवी सेक्युरिटिज कारबाहीमा परेका हुन् । धितोपत्र बोर्डका अनुसार चिलिमे जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली सेयर कारोबार भएको विषयमा छानबिन गरी कारबाही गरिएको हो ।

नक्कली सेयर कारोबार गर्ने दलाललाई सम्पत्ति शुद्धिकरण अन्तर्गत आर्थिक जरिवान गरिएको बार्डले जनाएको छ ।

चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली सेयर खरिद बिक्री गर्ने अग्रवाल सेक्युरिटिज् प्रालिलाई दश लाख रुपैयाँ जरिवाना गरिएको छ । यसैगरी नेसनल हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबार गर्ने श्रीहरि सेक्युरिटिज प्रालिलाई पनि दश लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत विवरण नराखी कारोबार गर्ने अग्रवाल सेक्युरिटिज प्रालि, श्रीहरि सेक्युरिटिज प्रालिलाई ५०/५० हजार जरिवाना गरिएको छ । यस्तै सिप्रवी सेक्युरिटिज प्रालिले ग्राहकको पूर्ण विरण राख्न ध्यान नपुर्याएको भन्दै ५० हजार जरिवाना गरिएको छ ।

बोर्डले नक्कली सेयर कारोबार गर्ने गोविन्द घिमिरेविरुद्ध जिल्ला अदालत काठमाडौंमा यसअघि नै मुद्दा दायर गरिसकेको छ ।