माघी नजिकिएसँगै चाकुको वजार बढ्दो

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

माघे संक्रान्ति नजिकिदै जाँदा अहिले टोखामा चाकुको व्यवसायिक उत्पादन गर्दै आएका व्यवसायीलाई भ्याई नभ्याई छ । माघे संक्रान्ति नजिकिदै जाँदा नेवारी समुदायमा चाखु संस्कृतिले बिशेष महत्व पाउने गर्दछ । चाकुको हरेक नेपाली समुदायमा छुट्टै महत्व रहेको छ ।

अझ नेवार समुदायका विभिन्न चाडपर्वमा यसको अलगै पहिचान रहेको छ । पौराणिक महत्व बोकेको चाकु संस्कृतिमा कमी आउन नदिन टोखाबासी लागि परेका छन् ।

उनीहरु चाकुको बखान मात्र गर्दैनन् यसको महत्व पनि दर्शाउँछन् । सम्पदा संरक्षण डवुका अध्यक्ष मनिराज डंगोल र उपाध्यक्ष धर्मराज श्रेष्ठ यतिवेला टोखा शहरको महत्व र इतिहास केलाउनमा नै व्यस्त छन ।

अहिले टोखा नगरपालिका वडा नम्वर ३ मा रहेका चाकु उद्योगीहरुलाई बोल्ने फूर्सदसम्म छैन । उनिहरुलाई माघे सक्रान्तिमा माग हुने चाकु उत्पादनमा भ्याईनभ्याइ छ ।

चाकु खाने संस्कृति र महत्व बुझ्न टोखा आफैंमा पर्याप्त छ । चाकु उत्पादनको व्यवसायीक इतिहास अष्टमान श्रेष्ठसँग जोडिएको छ । अहिले अष्टमानको चौथो पुस्ताले समेत यसै व्यवसायलाई नै निरन्तरता दिएको छ ।

अहिले टोखामा झण्डै दर्जनको हाराहारीमा चाकु उद्योगहरु रहेका छन । उपभोक्ताहरुले टोखाको चाकुलाई अधिक मन पराउने गरेका कारण पनि टोखामा यो व्यवसाय फष्टाउँदो छ । त्यतिमात्र होइन, नयाँ पुस्तामा समेत यस व्यवसायमा आकर्षण देखिन्छ । तर पनि चाकुको मात्र उत्पादनले व्यवसाया धान्न भने सक्ने अवस्थामा पुगेका छैनन ।

टोखामा पहिले पहिले उखु प्रशस्त उत्पादन हुने भएकाले टोखाको नामाङकरण नै उखुवाट भएको भन्ने भनाई छ । चाकु बनाउन सखर प्रयोग हुने भएकाले चाकुको इतिहास टोखामा भेटिने गर्दछ ।

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया






2 Shares
Share2
Tweet
+1
Share