प्रहरीबिरुद्ध मानवअधिकार आयोगमा अखिल पुग्यो


प्रहरीलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले उजुरी गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा लाठी र अँश्रु ग्यास प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै अनेरास्ववियुले मंगलबार आयोगमा उजुरी हालेको हो ।

यही पुस १८ गते इन्धनको मूल्य बृद्धिबिरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला अमानवीय ढंगले प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ ।

उक्त आन्दोलनका क्रममा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला, महासचिव ऐन महर र शेखर बोहरा लगायत घाइते भएका थिए ।

शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्ने प्रहरीलाई कारबाहीका लागि आफूहरु अदालत जाने तयारीमा रहेको अखिलले जनाएको छ ।

प्रतिक्रिया