पृथ्वीजयन्तिका अवशरमा बृहत कार्यक्रम हुने

पृथ्वीजयन्तिका अवशरमा बृहत कार्यक्रम हुने


पृथ्वीजयन्तिका एवं राष्ट्रिय एकता दिवसको अवशरमा धरानको इटहरीमा बृहत कार्यक्रम हुने भएको छ ।पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवस समितिको आयोजनामा इटहरीमा बृहत कार्यक्रम हुने भएको हो ।

पृथ्वीनारायण शाहले राष्ट्र एकतामा पु-याएको योगदानलाई कदर गर्दै समितिले छैटौँ पटक इटहरीमा कार्यक्रम गर्न लागेको समितिका सदस्य कमलेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुशार कार्यक्रमको प्रमुख वक्तामा डा. सुरेन्द्र केसी र पूर्वसेनापति रुकमाङ्गत कटवाल हुनुहुन्छ ।
कार्यक्रममा चार जना विद्यार्थीले समेत पृथ्वीनारायण शाह र राष्ट्रिय एकताको महत्वका बारेमा प्रष्ट्याउने छन् ।