गोविन्द केसीको मुद्दा सुनुवाइकालागि इजलास तोकियो

गोविन्द केसीको मुद्दा सुनुवाइकालागि इजलास तोकियो


सर्वोच्च प्रशासनले डा. गोविन्द केसीको अपहेलना मुद्दा सुनुवाइका लागि इजलास ताकेको छ ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा केसीको बयान हुने भएको हो । बयान सकिएपछि सोही इजलासले केसीको मुद्दामा सुनुवाइ गर्ने बुझिएको छ ।

बिहान कार्यालय समयअघि नै केसीलाई अदालतमा पेश गरिए पनि इजलास तोक्न ढिलाइ गरिएको थियो । दैनिक पुरक पेशी सूचीमा इजलास तोकिएको हो ।  इजलास तोक्नुअघि सर्वोच्चको सबै न्यायाधीश सम्मिलित बैठक बसेको थियो ।