डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)


त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीलाई पक्राउ गरेको विरोधमा मंगलबार बिहानै काठमाडौंमा प्रदर्शन गरिएको छ।

माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, नेपाली कांग्रेसका नेता गगन थापालगायतका नेताहरु पनि सहभागी भएका छन्।

प्रदर्शनका सहभागीले केसी पक्राउको विरोध गर्दै नाराबाजी गरेका छन् । उनीहरुले आफूहरुलाई पनि पक्राउ गर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले डा. केसीलाई पक्राउ गर्नुको पछाडि ठूलो षड्यन्त्र भएको बताए ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले डा. केसीले न्यायालयमाथि लगाएको आरोपको छानबिन हुनुपर्ने माग गरे। नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्नेहरुलाई पनि मानहानीको मुद्दा लगाउन चुनौती दिए ।