सिड्नीको बनभोजमा वामगठबन्धन-विजयको खुशीयाली

सिड्नीको बनभोजमा वामगठबन्धन-विजयको खुशीयाली


सिड्नी (अस्ट्रेलिया) । प्रवासी नेपाली मञ्चका न्यु साउथ वेल्स राज्य कमिटीको आयोजनामा नयाँ वर्षको २०१८ शुभकामना आदानप्रदान तथा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको छ । सिड्नीको दक्षिण कार्सपर्कमा शनिबार आयोजना भएको बनभोजमा प्रवासी नेपाली मञ्चका संगठित सदस्यहरु, समर्थक र सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

बनभोज कार्यक्रममा एकले अर्कालाई नयाँ बर्षको शुभकामना दिनुका साथै नेपालमा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा पनि खुसी साटेका थिए । बनभोज कार्यक्रममा आयोजित औपचारिक कार्यक्रममा बोल्दै बक्ताहरुले नेपालमा निर्वाचनपछि बन्न लागेको संघीय तथा प्रादेशिक सरकारहरुले देशलाई स्थायित्व दिने र देश विकासको बाटोमा अघि बढ्ने बिचार राखेका थिए ।

यसरी आफ्ना धारणा राख्नेहरुमा मञ्चका सल्लाहकार डा. जगदिश तिमल्सिना, ध्रुव सुवेदी, एनआरएन अस्ट्रेलियाका सचिव देव गुरुङ र एनआरएन ओसिनिया संयोजक धर्मराज अधिकारी रहेका थिए ।

मञ्चका अस्ट्रेलिया उपाध्यक्ष केशव जोशी प्रमुख अतिथी रहेको कार्यक्रम मञ्चको न्यु साउथ वेल्स राज्य कमिटी अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मञ्चका पदाधिकारीहरु लेनिन पौडेलले स्वागत मन्तब्य राखेका थिए भने न्यु साउथ वेल्स राज्य कमिटि उपाध्यक्ष श्याम पौडेल बनभोज कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकास पारेका थिए । कार्यक्रमको संचालन सचिव कृष्ण सापकोटाले गरेका थिए ।

राजन घिमिरे