विद्रोहमा उत्रिएका एघार साउदी राजकूमार पक्राउ

विद्रोहमा उत्रिएका एघार साउदी राजकूमार पक्राउ


साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा साउदी अरबको प्रहरीले ११ जना राजकूमारलाई पक्राउ गरेको त्यहाँका स्थानीय अनलाइन मिडियाले जनाएका छन् । दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

बताइएअनुसार राजकूमारहरूको विजुली र पानीको विल नतिर्न साउदी राजा सलमानले सरकारलाई दिएको निर्देशनको विरोधमा उत्रिएका सवै राजकूमारलाई पक्राउ गरिएको हो । राजकूमारहरूले पहिलेदेखि दिइदै आएको सेवा काट्ने दरबारको निर्णय र गत बर्ष हत्या अभियोगमा मृत्यु दण्ड दिइएका राजकूमारको परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका थिए ।

उनीहरूको सुनुवाई विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ । साउदी सरकारले देशले गर्न चाहेको सुधार कार्यक्रम अन्तर्गत यहाँका राजकूमारहरूलाई पक्राउ गरेको तथा गत बर्ष केही उच्च पदस्थ अधिकारीलाई यहाँको इतिहासमा नै ठूलो भ्रष्टाचार मुद्दामा कारबाही गरी सरकारको नजरमा सबै नागरिक बराबर रहेको प्रष्ट गर्न चाहेको छ ।