नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ को मृत्यु

नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ को मृत्यु


थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ ।

यो अवधिमा देशभरका विभिन्न ठाँउमा तीन हजार ४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् ।

देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चासिमामा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । यो ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ । (रासस/सिन्ह्वा)