निर्णय बदल्न बालुवाटारमा बैठक

निर्णय बदल्न बालुवाटारमा बैठक


पार्टीको निर्णय परिवर्तन गराउन दबाब दिने उद्देश्यले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमालेका प्रभावशाली नेता केपी ओलीको सक्रियतामा अध्यक्ष् झलनाथ खनालइतर समूहको बैठक बसेको छ । प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेतासमेत रहनुभएका माधवकुमार नेपाल, प्रभावशाली नेता ओली र उहाँहरूनिकट दर्जनभन्दा बढी नेताको सहभागितामा दुई घन्टासम्म बसेको बैठकले एमालेले यसअघि गरेको निर्णय परिवर्तन गरी अघि बढ्नुपर्ने निर्णय गरेको छ । बैठकले पार्टीले गरेको निर्णय परिवर्तन गर्नका लागि तत्काल केन्द्रीय कमिटीको बैठकको आवश्यकता औंल्याउँदै आज बुधबार बिहान केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे अध्यक्ष खनालसमक्ष प्रस्ताव पेस गर्ने, यदि अध्यक्षले सो प्रस्ताव अस्वीकार गरे केन्द्रीय कमिटी बैठक बोलाउनका लागि बहुमत सदस्यको हस्ताक्षर संलग्न गरी बुझाउने निर्णय गरेको छ ।
बैठकमा सहभागी एमाले नेता कृषगोपाल श्रेष्ठका अनुसार बैठकले एमालेले यसअघि काङ्ग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्रीमा उम्मेदवारीको विपक्षमा मतदान गर्ने भनी गरिएको निर्णयलाई सच्याई पौडेलको मतदान गर्ने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको छ । पौडेलको उम्मेदवारी रद्द भई नयाँ प्रक्रियामा अघि बढ्दो अप्रिय
निर्णयसमेत हुन सक्ने भन्दै बैठकले यस्तो निर्णय लिएको हो । माओवादीको नेतृत्वमा सरकार बने त्यो काङ्ग्रेस, एमालेलगायतका दलहरूलाई स्वीकार नहुने र पार्टी अध्यक्ष खनालको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना नरहेको भन्दै काङ्ग्रेस नेता पौडेलको समर्थन गर्नुको विकल्प नरहेको पनि बैठकको निष्कर्ष थियो । माओवादी-एमाले समीकरणको औचित्य नभएकाले काङ्ग्रेस-एमालेलगायत लोकतान्त्रिक गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा हाम्रो एकमत रह्यो बैठकमा सहभागी एक सदस्यले भन्नुभयो, यसबारे उचित निर्णय गर्न केन्द्रीय समितिमा जाऊँ भनेको हो । अध्यक्ष खनालले आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक अप्रत्यासित रूपमा स्थगित गर्ने निर्णय गरेकोले धेरै शङ्का गर्नुपर्ने ठाउँ रहेकोले पुन: बुधबार नै बैठक बोलाई पार्टीले लिएको निर्णय सच्याउनुपर्छ नेता श्रेष्ठले भन्नुभयो ।
यदि मंगलबार बिहान ओली-नेपालनिकट नेताहरूको निर्णयअनुसार तत्कालै केन्द्रीय समिति बैठक बसी पुरानो निर्णयलाई सच्याउँदै काङ्ग्रेस नेता पौडेलको पक्षमा एमालेले मतदान गरे अध्यक्ष खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमति तोडिनेछ । एमाले माओवादीका दुई शीर्ष नेताबीच भएको सहमतिका आधारमा एमालेले काङ्ग्रेस नेता पौडेलको विपक्षमा मतदान गरी नयाँ प्रक्रियाको आधारमा सरकार चयन गरिनुपर्ने र त्यसको नेतृत्व आफूले गर्नुपर्ने अध्यक्ष खनालको भनाइ छ । यसैबीचमा खनालले पनि आफूनिकट नेताहरूसँग मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको ओलीनिकट नेताहरूको बैठक र त्यसले पार्न सक्ने प्रभावका बारेमा छलफल गर्नुभएको थियो । उहाँले एमालेले यसअघि लिएको निर्णयलाई कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभएको छ । खनालनिकट एक नेताका अनुसार पार्टीको पुरानो निर्णयलाई कार्यान्वयन गर्नेबारे छलफलमा जुटेकोले मंगलबारको स्थायी कमिटी बैठक केही ढिलो सुरु भएको थियो ।
बिहान ११ बजेका लागि तय गरेको बैठक दिउँसो मात्र बसेको थियो । बैठकमा ओलीनिकट नेता विष्णु पौडेलले बिहान बालुवाटारमा भएको बैठकको निर्णयअनुसार तत्काल केन्द्रीय कमिटी बैठक बसी पुरानो निर्णयलाई सच्याएर काङ्ग्रेस नेता पौडेलको पक्षमा बुधबार मतदान गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । पौडेलले आफ्नो प्रस्ताव सकिन नपाउँदै अध्यक्ष खनालले पार्टी केन्द्रीय कमिटीले यसअघि नै गरेको निर्णयको खिलाफमा जान नसकिने भन्दै सो प्रस्तावको औचित्य नभएको भन्दै विषयान्तर गर्नुभएको थियो । बहुमत सदस्य सो प्रस्तावको विपक्षमा देखिएपछि बैठकले पुरानै निर्णयका आधारमा अघि बढ्ने निर्णय गरेको हो । महासचिवईश्वर पोखरेलले बैठकपछि सञ्चारकर्मीसँग एमालेले पुरानै निर्णयका आधारमा अघि बढ्नेछ, यसमा कुनै परिवर्तन हुँदैन भन्नुभयो । काङ्ग्रेस नेता पौडेलको विपक्षमा मतदान गर्ने र त्यसपछिका चरणमा कसरी अघि बढ्ने भन्नेबारेमा पुन: छलफल गरी अघि बढ्ने बताउनुभयो ।

बबन पसेपछि बाबुराम स्तब्ध
विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरू तथा विषय-विज्ञहरूको जमघट रहेको दिल्ली कार्यक्रममा अचानक बबन सिंहको प्रवेश हुँदा वातावरण स्तब्ध भयो । भूमिगत स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका संविधानसभाका सदस्य बबन सिंह सो कार्यक्रममा सहभागी हुनेबारे त्यसअघि कसैलाई पनि जानकारी थिएन । विभिन्न सत्र र प्रस्तोताहरूका बारेमा गरिएको पत्राचारमा पनि उनको नाम थिएन । कालो सुटमा सजिएका उनलाई कति भारतीय पक्षले त चिन्दा पनि चिनेनन् । सभासद् सिंह अचानक सभाहलभित्र छिर्दा डा. बाबुराम भट्टराई, डा. रामशरण महत, प्रदीप गिरी, प्रदीप ज्ञवाली र हरि शर्माले बोल्ने सत्र चलिरहेको थियो । कार्यक्रमका सहजकर्ता थिए- पूर्वराजदूत
शम्भुराम सिंखडा । सभासद् सिंह भित्र पसे र वरिपरि हेर्दै कुर्सीमा बसे । नेपालका लागि पूर्वराजदूत केभी राजन, प्राध्यापक डा. संगीता थपलियालगायतले उहाँलाई हेरे, उनीहरूले सभासद् सिंहलाई ठम्याउन सके या सकेनन् त्यो भने बुझन सकिएन । तर, उनलाई त्यहाँ देखेर ड्यासमा रहनुभएका माओवादी नेता डा. बाबुराम भट्टराईको मुहार भने एकाएक अँध्यारो भयो । दुवैका आँखा जुधे, तर कुनै प्रतिक्रिया देखिएन । केही क्षण बसेर एक-दुई मन्तव्य सुनेपछि उनी जसरी अकस्मात् आएका थिए त्यसैगरी बेपत्ता भए । चिया सत्रमा पनि उनी देखिएनन् । चिया सत्रमा उनको आगमनको चर्चा भयो, कहाँबाट, किन, कसरी आदि-इत्यादि । सहभागीमध्ये नै कसैले भने प्रदीप गिरीले ‘इज्जत बढ्छ, जाऊँ’ भनेर ल्याउनुभएको रहेछ । सभासद् बबन सिंहको इज्जत बढाउनका लागि हो या गोष्ठीको भन्नेबारेमा भने जानकारी हुन सकेन ।

ठूला कुरा गर्नेको वास्तविक अनुहार्रर्
इश्वर पोखरेल सेनाको सुराकी †
ठूला कुरा गर्नेहरू भित्रभित्रै कति साना र तल्लो तहका काममा सामेल हुँदा रहेछन् भन्ने कुराको दृष्टान्त विवेक शाहद्वारा हालै प्रकाशित पुस्तक ‘मैले देखेको दरबार’मा प्रस्तुत भएको छ । लोकतान्त्रिक गठबन्धनका विरुद्ध माओवादीसँग मिलेर वाम-गठबन्धन बनाउन क्रियाशील नेकपा एमालेका महासचिव ईश्वर पोखरेल आवश्यक पर्दा सुराकीको काम पनि गर्नु हुँदोरहेछ भन्ने सत्यको उद्घाटन शाहको पुस्तकमा भएको छ । उक्त पुस्तकको पृष्ठ ५०७ मा भनिएको छ- ‘… सेनाका डीएमआई सहायक रथी दिलीप रायमाझीले मलाई फोन गरेर भन्नुभयो- ‘एमालेका केही नेता तथा कार्यकर्ताले म डीएमओमा कार्यरत हुँदादेखि नै माओवादीसम्बन्धी गोप्य सुराक दिइरहेका छन् । उनीहरू यो नेर्टवर्क देशव्यापी बनाउन इच्छुक छन्, केही नेताले जर्साबसँग भेट्ने चाहना पनि राखेका छन् । दिलीप जर्साबाको कुरा सुनिसकेपछि मैले पनि ‘आवश्यक पर्‍यो भने म उनीहरूलाई भेट्छु’ भनें । जर्साबसँग ईश्वर पोखरेल र भीम रावललगायतका एमाले नेताहरू निकट रहेको मैले सङ्केत पाएँ ।’ किताबमा उल्लिखित यस पङ्क्तिल ेईश्वर पोखरेल र भीम रावल कस्तो चरित्रका व्यक्ति हुन् भन्ने सत्यको खुलासा गरेको छ । त्यसैगरी पुस्तकको पृष्ठ ५०९ मा -२०६० असोज २३ गते शुक्रबार) भनिएको छ- ‘…एमाले नेता वामदेव गौतमले आज मसँग भेटेर
विभिन्न विषयमा कुरा गर्नुभयो…. महाराजाधिराजले कि त लिनुपर्‍यो कि दिनुपर्‍यो । हामीहरू एमालेलाई फुटाएर गैरकम्युनिस्ट पार्टी खोल्न तयार भएका बेला लोकेन्द्रबहादुर चन्दलाई राजीनामा गर्न लगाइयो । यो कदम सही भएन ।’ स्मरणीय छ, गैरकम्युनिस्ट पार्टी गठन गर्न अग्रसर यिनै वामदेव गौतम अहिले रुढिवादी कम्युनिस्ट माओवादीसँग सबभन्दा निकट हुनुभएको छ र उहाँलाई माओवादीले कुनै पनि दिन या रातमा खादा ओढाएर पार्टी प्रवेश गरायो भने कुनै आर्श्चर्य हुनेछैन ।
त्यसैगरी शाहको पुस्तकमा केही पत्रकारबारे पनि रोचक व्यहोरा उल्लिखित छ । हिमाल म्यागेजिनका सम्पादक कनकमणि दीक्षितले मन्त्री बन्न चाहेको कुरालाई पुस्तकको ३४७ औँ पृष्ठ -२०५९ कात्तिक १ गते शुक्रबार) मा लेखिएको छ- ‘समाजका विभिन्न क्षेत्रबाट सरकारको कदमको सराहना गर्दै फोन र बिन्तीपत्र आउने क्रम जारी छ । कतिपयले बिन्तीपत्र पठाएर पर्ुनर्गठन हुने मन्त्रिमण्डलमा आफ्नो क्षेत्रबाट कसैलाई सामेल गरे उपयुक्त हुने सुझाव दिएका छन् । पत्रकार कनकमणि दीक्षितले आफूलाई सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिए देशी तथा विदेशी सञ्चारमाध्यमलाई राम्रोसँग परिचालन गरेर सरकारको कदममा समर्थन जुटाउन सक्छु भन्ने बिन्तीपत्र हाल्नुभएको जानकारी आएको छ ।’
ज्ञातव्य छ, कनकमणि दीक्षित ०६३ को आन्दोलन र त्यसयता नागरिक समाजको अगुवाका रूपमा सक्रिय हुँदै आउनुभएको छ ।
त्यस्तै केही माओवादी समर्थक पत्रकारहरूका बारेमा पनि पुस्तकको पृष्ठ ३६६ -२०५९ मङ्सिर १३ गते शुक्रबार) मा रोचक व्यहोरा उल्लिखित छ । त्यहाँ भनिएको छ- ‘सरकारबाट सेनाले पक्राउ गरेका माओवादी कार्यकर्ताहरू ओम शर्मा, गोविन्द आचार्य र चन्द्रमान श्रेष्ठलाई छोड्न मिल्ने भए छोडिदिनु हुकुम भयो । उनीहरूको रिहाइका लागि पशुपतिभक्त महर्जनले सरकारमा जाहेर गर्नुभएको रहेछ । सेनामा बुझदा शर्मालाई थप अनुसन्धान गर्नुपर्ने र अरू दुईजनालाई एक/दुई दिनमा नै छोड्न सकिने जानकारी आयो ।’ तर, पुस्तकमा दुईजनालाई चाहिँ किन छोड्न मिल्ने ओम शर्मालाई किन नमिल्ने भन्नेबारेमा भने कुनै कुरा खुलाइएको छैन ।

उल्टै थुनाए भ्रष्टले
भ्रष्टाचारी हाकिमविरुद्ध न्यायका लागि गुहार माग्दै हिँडेका सैन्य अधिकारीहरूलाई न्याय दिनुको बदला उल्टै थुनामा राखिएको छ । जनरल नरेशबहादुर बस्न्यातले आफ्नो शक्ति र सामर्थ्य प्रयोग गर्दै सेनानीद्वय गोविन्द मैनाली र किरण श्रेष्ठ, सहसेनानीद्वय रामसागर यादव र राजेश देवलाई सैनिक प्रहरी हिराशतमा राख्न लगाएका छन् । उनीहरूमा कोर्ड मार्सल गरिने बुझिएको छ । दक्षिण एसियाकै भ्रष्ट मुलुक भनी नयाँ परिचय बनाउन सफल नेपालमा भ्रष्टाचारी ले नै पीडितहरूलाई थुनाउनु यहाँ स्वाभाविक मानिए पनि अन्तर्राष्ट्रिय जगत्ले थाहा पाएमा भने यसलाई हास्यास्पद मान्ने ठानिएको छ ।

सीपीले खोले दुई नेताको पोल
नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट पटकपटक प्रधानमन्त्री बनाइएका नेता शेरबहादुर देउवा पुन: प्रधानमन्त्री बन्न भित्रभित्रै सक्रिय हुनुभएको छ भन्ने अनुमान गरिएकै बेला नेकपा मालेका शीर्षस्थ नेता सीपी मैनालीले देउवा र झलनाथ खनालबीच गठबन्धनको रहस्योद्घाटन गरिदिनुभएको छ । माओवादीको समर्थनमा प्रधानमन्त्री बन्ने विश्वासमा रहनुभएका खनाल र माओवादीसमेतको सहयोगमा प्रधानमन्त्री बन्न पाइने सपना देखिरहनुभएका देउवा, दुवैको रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता गराउने विषयमा समान धारणा रहेको छ । त्यसैले खनालले खुला रूपमा र देउवाले गुप्त रूपमा पौडेलले उम्मेदवारी फिर्ता गराउन पहल गर्दै आउनुभएको छ । पौडेलले उम्मेदवारी फिर्ता लिएर प्रधानमन्त्री चयनको नयाँ
प्रक्रिया सुरु भएमा आफू प्रधानमन्त्री बन्छु भन्नेमा खनाललाई जति विश्वास छ देउवालाई पनि त्योभन्दा कम छैन । तर, रोचक के छ भने दुवै नेतालाई प्रधानमन्त्री बनाइदिने विश्वासचाहिँ माओवदाी अध्यक्ष प्रचण्डले दिनुभएको छ । दुवै नेताले ‘आफूलाई प्रचण्डले दिएको विश्वास सही भएको’ ठान्नुभएको छ । वास्तवमा माओवादी पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भनी यसअघि लिएको औपचारिक निर्णय अहिलेसम्म बदलेको छैन । पूर्वनिर्णय बदल्नुपर्छ भन्ने पक्षमा पार्टीका अधिकांश नेता छैनन् पनि । प्रचण्डले आफू अस्वीकार्य बनेको यथार्थ ढाकछोप गर्न र पार्टीमा आफ्नो विकल्प कोही पनि नबनोस् भन्ने स्थिति सिर्जना गर्नका लागि मात्र झलनाथ खनालको नाम अघि सार्नुभएको जनसाधारणले समेत बुझिसकेका छन् । माओवादीले डा. बाबुराम भट्टराईको नाम प्रस्ताव गरेको अवस्थामा उहाँको नाम सबैका लागि स्वीकार्य हुनसक्ने स्पष्ट छ र यो सत्यको जानकारी प्रचण्ड स्वयम्लाई पनि छ । बाबुराम सर्वस्वीकार्य हुन सक्ने सम्भावनाबाट उत्पन्न पीडामा प्रचण्डले झलनाथलाई अघि सार्ने सङ्केत दिनुभएको भए पनि सिङ्गो माओवादी पार्टी झलनाथलाई प्रधानमन्त्री बनाउने पक्षमा छैन र डा. बाबुरामलाई प्रधानमन्त्री बन्न सहयोग पुर्‍याउने मानसिकतामा पनि प्रचण्ड हुनुहुन्न । शेरबहादुर देउवा र झलनाथलाई बेग्लाबेग्लै रूपमा उचालेर प्रचण्डले आफैं प्रधानमन्त्री बन्ने खेल खेल्नुभएको हो, देउवा र खनालबाहेक बाँकी सबैले यो यथार्थ बुझेका पनि छन् । तर, यसप्रकारको खेलबाट प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहे पनि देउवा र खनाललाई भने निकट पुर्‍याएको छ । उहाँहरूबीचको निकटताको रहस्य गत शनिबार -पुस २४ गते) नेपाली काङ्ग्रेसद्वारा आयोजित चौध राजनीतिक दलको बैठकमा मालेका शीर्ष नेता सीपी मैनालीले खोलिदिनुभयो । बैठकका सहभागीहरूलाई जानकारी गराउँदै सीपीले झलनाथसँग भएको संवादका केही झलकहरू प्रस्तुत गर्नुभयो र भन्नुभयो, ‘मैले झलनाथजीलाई माओवादीसँगको गठबन्धन अत्यन्त घातक हुने, देश, लोकतन्त्र, जनता र तपाईंको पार्टीसमेतलाई सङ्कटमा पुर्‍याउनेबारेमा विश्लेषणसहित जानकारी गराएँ । तपाईंले राष्ट्रिय सहमतिको सरकारको कुरा गरेर ६ महिना बिताउनुभयो तर कदाचित माओवादीले तपाईंलाई प्रधानमन्त्री बनाइहालेछ भने पनि तपाईंले काम माओवादीको मात्र गरेर बस्नुपर्नेछ, तपाईंको नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस सामेल हुन आउने छैन । राष्ट्रिय सहमतिको गफ गर्दै बहुमतीय सरकारको प्रतिनिधित्व गर्दा तपाईंको राजनीतिक नैतिकता र छविमा पनि सङ्कट पर्नेछ भनी मैले झलनाथजीलाई सम्झाउने प्रयास गरेँ । उहाँले बडो आत्मविश्वासका साथ आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस सामेल हुने बताउनुभयो र उहाँले भन्नुभयो- शेरबहादुरजीले मलाई मेरो नेतृत्वको सरकारमा काङ्ग्रेस सहभागी हुने वचन दिनुभएको छ, काङ्ग्रेस सरकारमा सहभागी नभई सुखै छैन ।’ यसरी मैनालीले खनालसँगको संवादबारे जानकारी गराउँदा खनाल र देउवाबीचको गठबन्धनको रहस्य त खुल्यो नै, देउवासमेत माओवादी कित्तामा पुगेको जानकारी पनि सबैलाई भयो । यो बेग्लै सत्य हो कि देउवाले चाहेकै आधारमा काङ्ग्रेसले रामचन्द्र पौडेलको विकल्प खोज्ने या झलनाथको सम्भावित सरकारमा सामेल हुने सम्भावना शतप्रतिशत देखिँदैन । तर, यस प्रकरणले देउवा र झलनाथबीच एक-अर्कालाई समर्थन गर्ने गुप्त सहमति बनेको स्पष्ट भएको छ । स्मरणीय छ, यतिबेला झलनाथ खनाल आफ्नो पार्टीका नेताहरू केपी ओली, माधव नेपाल र विद्या भण्डारीलाई भन्दा प्रचण्डलाई निकट ठान्नुहुन्छ भने देउवा पनि सुशील कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा. रामशरण महतलाई भन्दा प्रचण्डलाई नै आफ्नो नजिकको मान्नुहुन्छ । यस्तो अवस्थामा देउवाले आफूलाई काङ्ग्रेस दाबी गर्नु र झलनाथले आफूलाई एमाले भन्नुको अर्थ के होला, प्रश्न विचारणीय बन्न पुगेको छ ।

प्रचण्डको विकल्प बादल
प्रचण्डको नेतृत्वमा सरकार गठन हुने सम्भावना कम हुँदै गएपछि माओवादी पार्टीभित्र प्रधानमन्त्रीको उम्मेदवारको रूपमा रामबहादुर थापा बादलको नाम उचाल्न थालिएको छ । प्रचण्डको विकल्प डा. बाबुराम भट्टराई हुनसक्ने ठानिएका बेला माओवादी नेताहरू प्रचण्ड र मोहन वैद्य किरण भने भट्टराईलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिन दृढ देखिनुभएको छ । सम्भावित प्रधानमन्त्रीका रूपमा बाबुरामको नाम जहाँतहीँ चर्चा हुन थालेपछि प्रचण्ड र बाबुरामबीचको सम्बन्ध चिसिएको थियो । देशमा बाबुरामको लोकप्रियता बढ्नुलाई सम्भवत: अध्यक्ष प्रचण्डले चुनौतीका रूपमा लिनुभयो । फलस्वरूप प्रचण्ड र
भट्टराईबीचको दूरी बढ्दो छ । आफूलाई प्रधानमन्त्री बनाउन सकिने सुनिश्चितता नभएमा प्रचण्ड माओवादी पार्टीका तर्फबाट बादललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सोचमा रहनुभएको बताइन्छ । प्रचण्डको यस्तो प्रस्तावमा मोहन वैद्यको पनि समर्थन रहने निश्चित मानिन्छ । किनभने बादल किरण समर्थनका रूपमा चिनिनुहुन्छ । युद्धकालमा लडाकुको उच्च कमाण्डरको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएका बादललाई त्यसताक प्रचण्डपछिका नेताका रूपमा पनि कतिपयले लिने गर्दथे । तर, ०६२ मङ्सिरमा भएको दिल्ली सम्झौतापश्चात् भने उहाँको नाम प्रचण्ड र बाबुरामको भन्दा धेरै तल रहेको महसुस गरिन्थ्यो । यसअघि सम्भावित प्रधानमन्त्रीको उम्मेदवारका रूपमा कृष्णबहादुर महराको नाम पनि चर्चामा ल्याइएको थियो । ओलीनिकटका नेताहरूनै विजयी भएका छन् ।’ उहाँले थप्नु भयो, ‘यसले पनि अध्यक्षको पार्टीभित्रको लोकप्रियता प्रस्ट पार्छ ।’ पार्टी नेतृत्वको कारण मुलुकमा अस्थिरता छाएको तथा पार्टीभित्र अराजकता मच्चिएको आरोप लगाउँदै नेता नेपालले भन्नुभयो, ‘यस्तो मान्छेको हातमा मुलुकको नेतृत्व पर्‍यो भने के होला मुलुकको भविष्य ।’
संविधानसभा निर्वाचनमा काठमाडौंको सबै निर्वाचन क्षेत्रबाट पराजय भोग्नुभएका एमाले अध्यक्ष खनालले काठमाडौंलाई नयाँ संरचनाका साथ अघि बढाएको दाबी गर्दै आउनुभएको थियो । खनालले जिल्ला तथा इकाइ सङ्गठन पर्ुनर्गठनका नाममा आफूनिकटका नेताहरूलाई सङ्गठको नेतृत्व सुम्पँदै आउनुभएको थियो । त्यस्तै काठमाडौं जिल्लामा पनि आफूनिकट नेतालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिने हुँदा पार्टीभित्र मात्र सीमित विवाद सडकसम्म आइपुगेको थियो ।
खनालले काठमाडौं जिल्लाको निर्वाचित कमिटीलाई विघटन गरी आफूनिकट नेता गोविन्दकृष्ण अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिनुभएको थियो । खनालले अधिकारीलाई जिल्ला अध्यक्ष बनाउने तयारीका साथ संयोजक बनाउनुभएको थियो । खनालले जिल्ला कार्यसमिति विघटन गरी अधिकारीलाई संयोजक तोकेपछि प्रभावशाली नेता ओली र उनीनिकट नेताहरूले रामेश्वर फुयाँलको नेतृत्वमा रहेको पुरानै काठमाडौं जिल्ला कमिटीलाई निरन्तरता दिँदै समानान्तर जिल्ला कमिटी खडा गरेका थिए । जिल्लामा ओली र खनालनिकटका दुई कमिटीका नेताहरूले अलग-अलग गतिविधि गर्न थालेपछि एमाले केन्द्रीय कमिटीले पोलिटब्युरो सदस्य प्रदीय ज्ञवालीको नेतृत्वमा विवाद मिलाउन एक नयाँ कार्यसमिति बनाएको थियो । ज्ञवालीको कमिटीले विवाद मिलाउँदै निर्मल कुइँकेलको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी बनँएको थियो । कुइँकेलको कमिटीले यही पुस २३ र २४ गते जिल्ला अधिवेशनको तिथि निर्धारण गरेको थियो । यो अधिवेशनबाट अरू जो विजयी भए पनि केन्द्रीय अध्यक्ष खनालका सबैभन्दा प्रिय उम्मेदवार गोविन्दकृष्ण अधिकारीले चाहिँ
अब काठमाडौंको नेतृत्व गर्न नपाउने
भएका छन् ।

राजधानीमै पत्तासाफ
बुटवलमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट पार्टीको केन्द्रीय अध्यक्षमा झलनाथ खनाल निर्वाचित त भए तर त्यसपछि भएका जिल्ला सङ्गठन, विद्यार्थी सङ्गठन, युवा सङ्घलगायत मातहतका सबै सङ्घसंस्थामा महाधिवेशनमा झिनो मतले मात्र पराजित हुनुभएका प्रभावशाली नेता केपी शर्मा ओलीको प्यानलले विजयी हासिल गर्दै आएको छ । जुन सङ्गठनमा खनाल-ओली पक्षबीच प्रतिस्पर्धा भएको छ, त्यहाँ ओली पक्षका नेता तथा कार्यकर्ताले सहजै विजय हासिल गर्ने गरेका छन् । त्यसो त अध्यक्ष खनाल केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी समितिमा समेत अल्पमतमा हुनुहुन्छ । खनालले
गर्नुभएका हरेक निर्णय पार्टीभित्र लागू हुन सकिरहेका छैन । अध्यक्ष खनाल सङ्गठनमा आफ्नो दरिलो पकड कायम गराउन सक्रियताका साथ लाग्नुभएको छ । तर, खनालको योजना आजसम्म लागू हुन सकिरहेको छैन । स्रोतका अनुसार अध्यक्ष खनालले काठमाडौं जिल्ला नेतृत्व आफ्नो पकडमा पार्न रामै्र खर्चसमेत गर्नुभएको थियो । उहाँले काठमाडौं जिल्लाको अधिवेशनबाट आफूनिकट नेतालाई जिल्ला अध्यक्ष बनाउन सम्पूर्ण शक्ति परिचालित गर्नुभएको थियो । मेलमिलापको नीतिलाई लत्याउँदै प्यानल नै खडा गरी लालबहादुर तामाङलाई साथ लिएर चुनावी मैदानमा अध्यक्ष खनाल उत्रनुभएको थियो । तर, खनालको सो अभियान यसपटक पनि पूर्ण रूपमा असफल भयो । यसअघि काठमाडौं जिल्लाको नयाँ नेतृत्वको दाबेदारको रूपमा प्रस्तुत गराउँदै आउनुभएका काठमाडौं क्षेत्र नं. सातका गोविन्दकृष्ण अधिकारी प्रतिनिधि छनोट चरणबाटै बाहिरिएपछि खनालले लालबहादुर तामाङलाई बोक्नुभएको थियो ।
खनालका उम्मेदवार तामाङलाई नेता ओलीनिकट उम्मेदवार निर्मल कुइँकेलले भारी मतको अन्तरले पराजित गरे । कुइँकेलले तामाङलाई मात्र पराजित नगरी खनालको टिमलाई नै पराजित गराए । ९१ जनाको नयाँ कार्यसमितिमा ६ जना मात्र खनाल समूहबाट अटाउन सफल भए भने बाँकी सबै ओलीनिकटका छन् ।
ओलीनिकट नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौं जिल्लाको निर्वाचनबाट चुनिएका प्रतिनिधिहरूले पार्टीभित्र खनालको ‘लोकप्रियता’लाई स्पष्ट पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा अध्यक्ष कमरेडको लोकप्रियता दिन प्रतिदिन खस्कँदै छ, तर पनि हामीले महाधिवेशनको इज्जतलाई ध्यान दिँदै अध्यक्षको सम्मान गरिरहेका छौँ । उहाँले भन्नुभयो, ‘हामीले झलनाथ खनाललाई होइन एमाले अध्यक्षलाई सम्मान गरिरहेका छौँ ।’

एकता दिवसको अवसरमा राप्रपाको चियापान
पृथ्वीजयन्ती तथा २८९औँ राष्ट्रिय एकता दिवसको अवसर पारेर राप्रपा नेपालले हिजो मंगलबार चियापान समारोह आयोजना गर्‍यो । समारोहमा आमन्त्रित अतिथिहरूको स्वागत गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकता दिवसको औचित्य र महत्त्वबारे चर्चा गर्नुभयो । चियापान समारोहमा प्रधानमन्त्री माधवकुमार नेपाल, उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न दलका प्रतिनिधि तथा अन्य व्यक्ति-व्यक्तित्वहरूको व्यापक सहभागिता थियो । सङ्घीयताको नाममा विखण्डनवादी प्रवृत्ति हुर्किरहेको वर्तमान परिवेशमा राष्ट्रिय एकता र मुलुकको सार्वभौमिकताको चिन्ता गरेर राप्रपा नेपालले सराहनीय काम गरेको ठानिएको छ ।

मैत्रीय सहकारी चौथो वर्षमा
भक्तपुर बालकोटस्थित मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारणसभा गत २४ गते शनिबार सम्पन्न भयो । साधारणसभामा प्रमुख अतिथिका रूपमा निम्त्याइनुभएका नेपाल प्राध्यापक सङ्घ कीर्तिपुर इकाइका अध्यक्ष प्राध्यापक डा. प्रदीप खड्काले अल्पसमयमै मैत्रीय सहकारीले उल्लेख्य प्रगति गरेर सहकारी क्षेत्रमा राम्रो सम्भावना देखाएको चर्चा गर्दै नेपालको अर्थतन्त्र ग्रामीण अर्थतन्त्रमा आधारित रहेकोले सहकारीको ठूलो महत्त्व रहेको बताउनुभयो । मानिसको स्तर र क्षमताअनुरूपको अर्थोपार्जनमा सहकारीले नजिकैबाट सघाउने भएकोले मैत्रीय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नामअनुसारकै काम गरेर देखाओस् भन्दै डा. खड्काले शुभकामना दिनुभयो ।
यसैगरी संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले मैत्रीय सहकारीले संस्थाका सदस्यहरूका लागि आयमूलक, सीपमूलक तालिमका साथै स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिँदै संस्थाले न्यून ब्याजदरसहित विशेष सुविधाहरू दिएर सेयर सदस्यसङ्ख्या वृद्धि गर्ने योजना अघिसार्न लागेको बताउनुभयो । कोषाध्यक्ष दिवाकर सिलवालले वारि्षक आय-व्यय विवरण प्रस्तुत गर्नुभयो भने सचिव सुमन सिलवालले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अन्य सहकारीका आमन्त्रित प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य दिएका थिए ।
लगभग पाँच सय सदस्यसङ्ख्या रहेको र वर्षभरमा तीन करोडको कारोबार गरेको मैत्रीय सहकारीले समयानुकूल आधुनिक प्रविधिहरू प्रयोग गरेर सेवा उपलब्ध गराउने योजना रहेको कार्यक्रममा जानकारी दिइएको थियो भने साधारणसभा समारोहमा जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै नियमित बचतकर्ता, असल ऋणी र बालबचतकर्तालाई पुरस्कृत गरिएको थियो ।

सशस्त्र प्रहरीको दीक्षान्त
सशस्त्र प्रहरी बल अतिरिक्त महानिर्देशक शैलेन्द्रकुमार श्रेष्ठले नेपालको सीमा सुरक्षा र राजस्व गस्ती कार्य गर्दै नागरिकप्रति सम्मानजक व्यवहार गरी राष्ट्र सेवाप्रति समर्पित हुनु बलको प्रमुख कर्तव्य रहेको बताउनुभएको छ ।
अतिरिक्त महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलमा जागिर खाने माध्यम मात्र नबनाएर राष्ट्र र जनताप्रति इमानदार भई राष्ट्रको सेवा गर्ने मौका पाएको रूपमा सबैले बुझन जरुरी रहेको जनाउनुभयो ।
सशस्त्र प्रहरी बल युक्ति तालिम महाविद्यालय बर्दघाट नवलपरासीको आयोजनामा आयोजित दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि रहनुभएको एआईजी श्रेष्ठले बलका जवानहरूले आफ्नो आचरण, बोली, भाषालाई सुधार गरी आफ्नो जिम्मेवारी पूरा गर्दा नागरिक अधिकारप्रति सम्मान गर्नुपर्ने बताउनुभयो । दीक्षान्त समारोहमा सशस्त्र प्रहरी जवान नरेश अर्याल सर्वप्रथम भएका थिए भने शारीरिक सहिष्णुतातर्फ राम खड्का प्रथम घोषित भएका थिए ।
चाँदमारीतर्फ रवि थापा र डि्रलतर्फ अनिता ढकाल प्रथम भएकी थिइन् । कार्यक्रममा तालिम प्रतिवेदन प्रस्तुत गर्दै युक्ति तालिम महाविद्यालयका समादेशक रामशरण पौडेलले पुरुष जवान १०० र महिला १८४ गरी २८४ जवानलाई दीक्षित गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गण चन्द्रौटा कपिलवस्तुमा पनि आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
-आरपी उपाध्याय

खुट्टा गुमाएका पत्रकारलाई आर्थिक सहयोग
दुर्घटनामा परी उपचार गराउने क्रममा चिकित्सको लापरबाहीको कारण दायाँ खुट्टा गुमाएका पत्रकार रविन थपलियालाई भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बरबहादुर श्रेष्ठ र पत्रकार ऋषि धमलालगायतले आर्थिक सहयोग गरेका छन् । मन्त्री श्रेष्ठले पचास हजार र रिपोर्टर्स क्लबका अध्यक्ष धमलाले २० हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
यसैगरी नेपाल लोकतान्त्रिक मञ्च दोहा, कतारले ८० हजार र नेपाली जनसर्म्पर्क समिति दर्ुबईले २० हजार सात सय ५० रुपैयाँ पीडित थपलियालाई सहयोग हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा भूमिसुधारमन्त्री श्रेष्ठले पत्रकारहरूले राज्यलाई हरेक पाइलामा सहयोग गरेर गुन लगाउँदा पनि राज्यले पत्रकारहरूका लागि केही गर्न नसकेकोमा क्षमायाचना गर्नुभयो । पत्रकार धमलाले राज्यले श्रमजीवी पत्रकारहरूलाई उपेक्षा गरेको आरोप लगाउँदै राजनीतिक दलका नेताहरूले जनआन्दोलनमा पत्रकारहरूले खेलेको भूमिकालाई बिर्सेर सौतेलो व्यवहार गरेको अभिव्यक्ति दिए भने नेपाल लोकतान्त्रिक मञ्च दोहा, कतारका सभापति रामहरि गैरेले भावनात्मक सम्बन्धको कारण आफूहरूले सहयोग सङ्कलन गरेर पत्रकारको उपचारमा सानो रकम लिएर आएको जानकारी दिँदै भविष्यमा समेत सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

माछापुच्छ्रेको बाहौँ वारि्षक साधारणसभा
माछापुच्छ्रे बैंक लिमिटेडको बाह्रौं वारि्षक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष र्सर्ूयबहादुर केसीको सभापतित्वमा हालै सम्पन्न भएको छ । बैंकको बाह्रौं वारि्षक साधारणसभाले बैंकको आर्थिक वर्ष ०६६/६७ को वारि्षक प्रतिवेदन पारित गर्‍यो । यस्तै उक्त साधारणसभाले बैंकको सेयरधनी महानुभावहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको छ । बैकको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूका तर्फबाट र्सर्ूयबहादुर केसी, श्रीमती गीता श्रेष्ठ, प्रकाश केसी र गोपीकृष्ण न्यौपाने सर्वसम्मतिले सञ्चालक चयन गरेको छ ।
यस बैंकको चुक्ता पुँजी हाल एक अर्ब ४८ करोड रहेकोमा बोनस सेयर निष्कासनपश्चात् यस बैंकको चुक्ता पुँजी वृद्धि भई एक अर्ब ६३ करोड पुग्नेछ । आव ०६६/६७ मा यस बैंकले १८ अर्ब ५४ करोड निक्षेप सङ्कलन र १७ अर्ब ९३ करोड कर्जा लगानी गरेको थियो । हाल बैंकले आफ्ना नेपाल अधिराज्यभर छरिएर रहेको ३९ वटा शाखा र ५२ वटा २४ सै घन्टा सेवा दिने एटीएममार्फत आफ्ना करिब एक लाख ५३ हजार ग्राहकलाई सेवा पुर्‍याइरहेको छ । बैकले आफ्नो एटीएमको सुविधामा प्रभावकारिता ल्याउन आफ्नै स्विचिङ सिस्टम जडान गरेको छ भने नेपाल र भारतमा समेत प्रयोग गर्न सकिने भिसा-डेभिड कार्ड यसै वर्षदेखि सञ्चालनमा ल्याएको छ ।

ल्यानग्रेनको भनाइ मनोगत : सञ्चारमन्त्री
संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन अनमिनका नेपाल प्रमुख करिन ल्यानग्रेनले सुरक्षा परिषद्मा राखेको प्रतिवेदन मनोगत र काल्पनिक भएको सञ्चारमन्त्री शंकर पोखरेलले दाबी गर्नुभएको छ । लमजुङको सदरमुकाम बेसीसहरमा प्रेस चौतारी नेपालको पश्चिमाञ्चल भेलाको उद्घाटन गर्दै मन्त्री पोखरेलले ल्यानग्रेनसँग योग्यता र दक्षता नभएका कारण गलत प्रतिवेदन गरेको बताउनुभयो । अनमिनले भनेजस्तो राष्ट्रपति शासन, सैनिक शासन र माओवादीको जनविद्रोह हुन नसक्ने भन्दै उहाँले प्रतिवेदनको कडा शब्दमा आलोचना गर्नुभयो । उहँँले अनमिन गए पनि नेपालको शान्तिप्रक्रियामा कुनै असर नपर्ने दाबी गर्नुभयो ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सभासद् पृथ्वी सुब्बा गुरुङले वर्तमान गतिरोधलाई अन्त्य गरी शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सञ्चारजगत्ले सकारात्मक सहयोग पुर्‍याउनुपर्ने बताउनुभयो भने प्रेस चौतारी नेपालका पश्चिमाञ्चल संयोजक दर्ुगाप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गगन थापा, उपाध्यक्ष राजेन्द्र अर्याल, महासचिव विष्णु रिजाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रमोद दाहाललगायतले वर्तमान अवस्थामा प्रेसले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । प्रेस चौतारी नेपालको अभियान शान्ति र संविधान भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलन ५ बुँदे लमजुङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
-छविलाल बगाले

राष्ट्रसेवक हराएको कति समय बित्यो, सरकारलाई पत्तो छ ?
लोकसेवा आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दीपायलका निर्देशक नवराज चौलागाईं आफ्नै कार्यकक्षबाट हराएको दुई महिना बितिसक्यो तर अहिलेसम्म पनि फेला परेका छैनन् । निर्देशक चौलागाईं कार्यरत रहेको कार्यालय, लोकसेवा आयोग, सुरक्षालगायत कुनै पनि सरकारी निकायलाई उनको अवस्थाबारे थाहा छैन । यतिका दिन भइसक्यो एउटा राष्ट्रसेवक कर्मचारी हराएको आजसम्म न सरकारले पत्ता लगाउन सक्यो न त कर्मचारी सङ्घ/सङ्गठनले नै । यो एउटा राष्ट्रलाई सरकारलाई तथा सुरक्षा निकायलाई नै चुनौती भएको छ ।
यस्तो संवेदनशील विषयमा आजसम्म सरकारलाई कुनै पनि पत्तो नहुनु लाजमर्दो कुरा हो भन्नुहुन्छ, नेपाल निजामती कर्मचारी सङ्गठनका महासचिव मोहनकुमार घिमिरे । घिमिरेका अनुसार सरकारको खोजीकार्यमा आमनागरिक समाजलाई चित्त बुझेको छैन । ‘जनतालाई सेवा गर्न आएको कर्मचारीको सुरक्षा राष्ट्रले गर्नुपर्छ । व्यक्ति हरायो भन्दा पनि राष्ट्रिय नागरिक हराएको हो । सम्पूर्ण कर्मचारीको नेतृत्व गरिरहेका पाँचवटा टे्रड युनियन मिलेर चौलागाईंको खोजीकार्यका लागि सरकारलाई दबाब दिँदै सम्पूर्ण कर्मचारी उहाँको खोजीकार्यमा जुटेका छौँ,’ कर्मचारी सङ्गठनका अध्यक्ष भोला पोखरेल भन्नुहुन्छ ।
नेपाल निजामती कर्मचारी युनियनका महासचिव सुवोदकुमार देवकोटाका अनुसार निर्देशक चौलागाईंका बारे सरकारको खोजीकार्यमा सम्पूर्ण कर्मचारीहरूलाई चित्त बुझेको छैन, हामीलाई झन् निराश बनाएको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता विनोद केसीले चौलागाईंको खोजीका लागि सक्दो प्रयास भइरहेको बताए । बेपत्ता चौलागाईंको खोजीका लागि निजामती कर्मचारीका प्रमुख पाँच टे्रड युनियन, सामान्य प्रशासन मन्त्रालय तथा परिवारका सदस्यहरूले राष्ट्रपति, प्रधानमन्त्री, मुख्यसचिव तथा सुरक्षा निकायमा बारम्बार ताकेता गरिरहेको बताएका छन् । त्यस्तै गरेर गृह मन्त्रालय र मातहतका क्षेत्रसँग सर्म्पर्कमा रहेर चौलागाईंको खोजीकार्यमा सहकार्य गरिरहेको प्रवक्ता विनोद केसीले बताए । नेपाल प्रहरीका प्रवक्ता विज्ञानराज शर्माका अनुसार चौलागार्इंको खोजीका लागि नायव महानिरीक्षक राजेन्द्रसिंह भण्डारीको नेतृत्वमा र अञ्चल तथा जिल्लास्तरमा सम्बन्धित प्रहरी अधिकृतको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरी खोजीकार्य भइरहेको छ । ‘तर, अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पत्ता लाउन सकिन्छ,’ प्रवक्ता भण्डारीको भनाइ छ । त्यस्तै गरेर राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकालले चौलागाईंको खोजी छिटो गर्न सरकारलाई दबाब दिएको बताए ।
परिवारका तर्फबाट नजिकबाट नियालिरहनुभएका टंकमणि शर्मा भन्नुहुन्छ, ‘निर्देशक चौलागाईंलाई अपहरण गरेको कसले र केका लागि हो भन्ने अहिलेसम्म पत्ता लागेन । सुदूरपश्चिमाञ्चलका प्रहरीले खोजिरहेका छौँ, भेट्छौँ भनेको छ । त्यस्तै गरेर राष्ट्रपति, प्रधानमन्त्री, मुख्यसचिव, प्रहरी-प्रशासनलगायतले खोजीकार्यमा चासो देखाएकै छ । सबै क्षेत्रबाट खोजी-प्रक्रियामा सहयोग प्राप्त भएको छ तर नतिजा नआएसम्म केही भन्न सकिएन, हामीलाई छिटो नतिजा चाहियो ।’
दसैं मानेर काठमाडौंबाट आफ्नो कार्यस्थल दीपायल गएका निर्देशक चौलागाईं कात्तिक १९ गते देखि, सर्म्पर्कविहीन छन् । सरकारी कामको सिलसिलामा कार्यालयबाट यसरी कर्मचारी हराएर उहाँको स्थिति अहिलेसम्म पत्ता नलाग्नु आर्श्चर्यजनक छ । घरबाट हराएको होइन सरकारको कार्यस्थलबाट हराएको हुनाले सरकारले नै यो संवेदनशीलताका आधारमा नै खोज्नुपर्छ ।
सरकारको मातहतमा रहेर राष्ट्र र नागरिकको सेवामा समर्पित रहँदै आएको एउटा उच्च ओहोदाको सरकारी कर्मचारी हराउँदा यो अवस्था छ भने अन्य सर्वसाधारण नागरिकको अवस्था के होला- तपाईं-हामीले नै अनुमान गर्न सक्छौँ । कर्मचारी हराएको दुई महिना बित्यो, सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी सङ्घ/सङ्गठन, सरकार तथा राष्ट्र नै उसको खोजीमा छ भनेर सबै क्षेत्रबाट आवाज आइरहेको सर्न्दर्भमा अहिलेसम्म कुनै अत्तोपत्तो नहुनु यो राष्ट्र र सुरक्षा निकायको बेइज्जत भएको छ । अब सरकार तथा सुरक्षा निकायमाथि नै अक्षमताको प्रश्नचिह्न खडा हुने निश्चित छ ।
– ज्ञानप्रसाद बास्तोला

ल्यानग्रेनको भनाइ मनोगत : सञ्चारमन्त्री
संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन अनमिनका नेपाल प्रमुख करिन ल्यानग्रेनले सुरक्षा परिषद्मा राखेको प्रतिवेदन मनोगत र काल्पनिक भएको सञ्चारमन्त्री शंकर पोखरेलले दाबी गर्नुभएको छ । लमजुङको सदरमुकाम बेसीसहरमा प्रेस चौतारी नेपालको पश्चिमाञ्चल भेलाको उद्घाटन गर्दै मन्त्री पोखरेलले ल्यानग्रेनसँग योग्यता र दक्षता नभएका कारण गलत प्रतिवेदन गरेको बताउनुभयो । अनमिनले भनेजस्तो राष्ट्रपति शासन, सैनिक शासन र माओवादीको जनविद्रोह हुन नसक्ने भन्दै उहाँले प्रतिवेदनको कडा शब्दमा आलोचना गर्नुभयो । उहँँले अनमिन गए पनि नेपालको शान्तिप्रक्रियामा कुनै असर नपर्ने दाबी गर्नुभयो ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सभासद् पृथ्वी सुब्बा गुरुङले वर्तमान गतिरोधलाई अन्त्य गरी शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सञ्चारजगत्ले सकारात्मक सहयोग पुर्‍याउनुपर्ने बताउनुभयो भने प्रेस चौतारी नेपालका पश्चिमाञ्चल संयोजक दर्ुगाप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गगन थापा, उपाध्यक्ष राजेन्द्र अर्याल, महासचिव विष्णु रिजाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रमोद दाहाललगायतले वर्तमान अवस्थामा प्रेसले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । प्रेस चौतारी नेपालको अभियान शान्ति र संविधान भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलन ५ बुँदे लमजुङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
-छविलाल बगाले