इश्वरको विरोधमा ठाकुर बेल्वासे -दीपकमणी ‘दाजुभाइ’

इश्वरको विरोधमा ठाकुर बेल्वासे -दीपकमणी ‘दाजुभाइ’


कवि ठाकुर बेल्वासे कविता र कविता कर्मका कारण पटकपटक चर्चामा आइरहने व्यक्ति हो । पछिल्लो समय उसको नयाँ कृति अचानक यो साँझका कारण ऊ चर्चामा छ । नयाँ सोच र भिन्न प्रस्तुतिका कविताहरू रहेका यस कृतिले इश्वरको विरोध मात्र गरेको छैन मानिसको पक्षमा वकालत पनि गरेको छ ।
ऊ कवितामा जति अराजक छ व्यवहारमा त्यति नै मित्रवत् । जानी-जानी उसले कस्ौलाई बिगारेको हामीलाई थाहा छैन । ऊ समग्र कविताको उत्थानमा क्रियाशील छ । उसलाई के थाहा छ भने समग्र कविताले उचाइ भेट्दा ऊ स्वयम्ले पनि उचाइ भेट्छ ।
उसलाई सबभन्दा ठूलो असन्तुष्टिर् इश्वरसँग छ । त्योर् इश्वर जो सधैं शक्तिशाली छु भनिरहन्छ र मानिसका सानाभन्दा साना दुःखमा पनि साथ दिँदैन र्।र् इश्वर पुकार्नु आफूलाई अरू बढी कमजोर बनाउनु हो भन्ने ठाकुरको ठम्याइ छ । उसलाई मानिसभन्दा ठूलो संसार अरू केही लाग्दैन । मानिस छ र तर् इश्वर भनिने शब्द र भावहरू छन् भन्ने उसको विश्वास छ ।
नेपाली कविताको क्षेत्रमा ठाकुरको नयाँ कृति अचानक यो साँझ आएको छ । २२ वटा लामा तथा छोटा कविताको यो सङ्ग्रह तीन खण्डमा विभाजित छ । सशस्त्रर् इश्वर यात्रा, मृत्युको झोला र अँध्यारोविरुद्ध गरी तीन खण्डमा विभाजित यस सङ्ग्रहले वर्तमान नेपाली युवाकविहरू कुन मनोदशाबाट सङ्क्रमित छन् भन्ने प्रस्ट पारेको छ । प्ाहिलो खण्ड सशस्त्रर् इश्वर यात्रामा १४ वटा कविता रहेका छन् । र, प्रत्येक कवितालर्ेर् इश्वरको नादानी प्रस्ट्याएको छ र्।र् इश्वर नभएको भए संसार अझ सुन्दर र सिर्जनशील हुन्थ्यो भन्ने भाव छ । ठाकुरकोर् इश्वरसँगको शत्रुता भन्नु नै मानिसप्रतिको प्रेम नै हो । उसले भनेको पनि छ, ‘मानिसभन्दा पर मलाई पुग्नु छैन । मैले प्रेम गर्ने, गाली गर्ने, हाँस्ने, रुने र समग्रमा बाँच्ने भनेको मानिसहरूसँग नै हो । मानिसभन्दा पर मेरो कोही पनि छैन ।’
दोस्रो खण्ड मृत्युको झोलामा ५ वटा कविता रहेका छन् । पाँचैवटा प्रेम कविता हुन् । तर, ठाकुरको प्रेम सतही र औसत छैन । ऊ भिन्न प्रेममा अग्रसर छ । उसलाई प्रेम जीवनको साँचो मात्र होइन मृत्युको भय पनि हो भन्ने लाग्छ । ऊ पटकपटक प्रेममा गम्भीर छ । भन्छ, ‘कतै मैले खोजेको प्रेम मृगतृष्णा त होइन -‘
तेस्रो खण्ड अँध्यारोविरुद्धमा तीनवटा कविता छन् । तीनै कविता उज्यालोको कामनामा व्यस्त छन् । उसले जीवन खोजेको छ । मानिसको जीवन । सिर्जनशील र सुन्दर जीवन । अचानक यो साँझ कृतिमा ठाकुरले मानवीय दुःख, त्यसको निदान र वर्तमानले भोगाएको विसङ्गतिलाई आफ्नै शिल्प र शैलीमा प्रस्तुत गरेको छ ।
वैदिक र धार्मिक विम्बहरूलाई आधुनिक र अराजक शैलीमा प्रस्तुत गर्न रुचाउने ठाकुरले आफ्नो दोस्रो कविता कृतिमा कविताको शक्ति र सामर्थ्यलाई महसुस गरेको छ । कविताको त्यही शक्ति र सामर्थ्यमा उभिएर उसले भयङ्कर भयङ्कर सपनाहरू देखेको छ । र, ती सपना पूरा हुने क्रममा छन्- कवितामा ऊ पूर्ण आशावादी छ । उसलाई भोलिसँगभन्दा पनि आजसँग आक्रोश छ । योर् इश्वरीय शक्तिमा लीन या लिप्त भक्त शैलीका मानिसहरू, मठाधीशजस्ता देवताहरू, शासकझैं निरङ्कुशर् इश्वर र दास शैलीका युवाहरूप्रति ठाकुरको विमति छ ।
ऊ अग्रजको आदर र सम्मानमा चुक्दैन । तर, अग्रजको दास हुन उसलाई स्वीकार छैन । प्रत्येक मानिसको स्वाभिमान आफंैमा शक्तिशाली छ भन्ने ठाकुरलाई लाग्छ । कोही पनि कोहीभन्दा कम छैनन् । सबै आफैंमा शक्तिशाली छन् । ठाकुर प्रत्येक मानिसमा रहेको यही शक्ति र सामर्थ्यको सम्मानका खातिर कविता लेखिरहेको छ । ऊ कवितामा मानिसको रक्षा र सम्मान गर्न उद्यत् छ ।
अचानक यो साँझमा कुलपति वैरागी काइँला, समालोचक डा. गोविन्दराज भट्टराई, कवि विप्लव ढकालका मर्मस्पर्शी भूमिकाहरू पनि छन् । सबै भूमिकाले ठाकुरको मानिसप्रतिको प्रेमलाई थप उजागर गरेको छ । तीनै स्रष्टाले ठाकुर र उसको कविताकर्म मानिसको पक्षमा रहेको प्रस्ट पारेका छन् ।
यसअघि वि.सं. २०५९ मा ठाकुरको कवितासङ्ग्रह सागरका वरिपरि मनहरूको समारोह प्रकाशित भएको थियो । सागरका वरिपरि मनहरूको समारोह नेपाली कविताको क्षेत्रमा कवि ठाकुर बेल्वासेको जबर्जस्त उपस्थिति थियो । त्यस सङ्ग्रहले ठाकुरलाई नेपाली कवितामा प्रस्ट देखिने आकारसहित उभ्यायो । र, अहिलेको यो सङ्ग्रह अचानक यो साँझले त्यही आकारमा थप रंगरोगन र गरगहना थपिदिएको छ । दोस्रो कविता सङ्ग्रहसम्म आइपुग्दा ठाकुर नेपाली कवितामा सुन्दर र शक्तिशाली देखिएको छ । अब नेपाली कविताको कुरा गर्दा ठाकुर पढिनैपर्छ । ठाकुर र उसका कविता नपढी अब नेपाली कविता पढेको कसैले स्वाङ गर्छ भने त्यो अज्ञानता मात्र हुनेछ । राष्ट्रिय कविता महोत्सव, विराट नेपाल कविता महोत्सव, महाकवि देवकोटा शताब्दी कविता महोत्सवमा पुरस्कृत ठाकुर बेल्वासेले हिमशिखर प्रतिभा पुरस्कार, त्रिचन्द्र देवकोटा सम्मान र विनय रावल स्मृति पुरस्कार प्राप्त गरिसकेको छ । पुरस्कारका लागि उसले कविता नलेखेको भए पनि उसको कविताबाट प्रभावित भएर पुरस्कार ठाकुरलाई खोज्दै ऊसम्म आइपुग्छ ।
ठाकुर बेल्वासेको कुरा गरिरहँदा सर्वदालाई हामी कसैले बिर्सिन सक्दैनौँ । सर्वदाले नेपाली साहित्यको क्षेत्रमा केही उल्लेख्य र अब्बल कामहरू गरेको छ । ज्ातिखेर सञ्चारमाध्यमको यस्तो जगजगी थिएन । भएका सञ्चारमाध्यमले पनि अहिलेजस्तो भाषा-साहित्यलाई महत्त्व नदिइरहेको अवस्था थियो । स्रष्टाहरू रचनाबाट त सर्वत्र परिचित थिए तर अनुहारले भने निकै कम परिचित थिए । त्यस्तो समयमा सर्वदाले अझ भनुँ ठाकुरले स्रष्टाहरूको मुहार चित्रको पोस्टर र पोस्टकार्डहरू प्रकाशित गर्‍यो । त्यतिमात्र होइन प्रत्येक विद्यालयमा लेखक स्रष्टाहरूको मुहारचित्र अङ्कित पोस्टर र पोस्टकार्डहरू पुर्‍यायो । जसले गर्दा विद्यार्थी र आमपाठक लेखकको मुहारसँग पनि परिचित हुन पाए ।
त्यति मात्र होइन सर्वदाले केही वरिष्ठ र उदीयमान लेखकहरूको कृति प्रकाशन गरेको छ । विभिन्न स्रष्टाका रचनामाथि विचारविमर्श गर्ने कार्यक्रम पनि सर्वदाले पटकपटक गरेको छ ।
न्ोपाली कवितामा एकातिर ठाकुर स्वयम्को सबल उपस्थिति छ भने अर्कोतिर कविताको उत्थान र प्रचारप्रसारका लागि उसले गरेको कार्य पनि कम प्रिय लाग्दैनन् ।
हरेक महिना काठमाडौंको गुरुकुलमा हुने कविता यात्राको संयोजनको भूमिका निर्वाह गरिरकेको ठाकुरले नयाँ-नयाँ स्रष्टाहरूलाई साहित्यको क्षेत्रमा परिचित हुन सहजकर्ताको काम पनि गरिरहेको छ । कविताकर्ममा गम्भीर र सचेतका साथ सक्रिय ठाकुरको सपना भनेकै समग्र कविताको सम्मान र उत्थान नै हो । हामी उसको त्यो सपनाको सफलताको कामना गर्छौं ।