जीवनरेसका सरल कथाहरू -दीपकमणी ‘दाजुभाइ’

जीवनरेसका सरल कथाहरू -दीपकमणी ‘दाजुभाइ’


नारायण तिवारी एक सरल र इमान्दार स्रष्टा हुन् । उनलाई सामान्य र साधारण कुराहरूमा नै दिलचस्पी छ । त्यसो त जीवन भनेकै सामान्य र साधारण जिउनेहरूले चिन्दन्छन् । यो कुरालाई नारायणले बुझेका छन् । त्यही भएर पनि नारायणले सामान्य र साधारण लाग्ने विषयवस्तुहरूलाई कथामा उतार्ने गर्छन् । उनले सामान्यभन्दा सामान्य विषयमा पनि सुन्दर कथा बुन्ने सामर्थ्य राख्छन् ।
कथा लेख्नलाई देश-विदेशकै उच्चतम परिवेश नचाहिँदो रहेछ । सामान्यभन्दा सामान्य घटना र परिस्थितिमा पनि अन्त्यन्त मीठा कथाहरू बनाउन सकिँदो रहेछ । कथा भनेको त मानिसको आफ्नै यथार्थ पो रहेछ । अझ मध्यम वर्गीय मानिसमा हुने सपना र ती सपना पूरा नहुँदा भोगिने पीडा र त्ाी पीडाका साथमा पनि हाँसेर बस्नुपर्ने नियति- कति टिढलाग्दो हुँदो हो । यही र यस्तै सर्न्दर्भहरूलाई नारायण तिवारीले आफ्ना कथामा बटुलेका छन् ।
सर्न्दर्भ हो, कथाकार नारायण तिवारी र उनको नवीनतम् कृति शत्रुको । शत्रु साझा प्रकाशनबाट प्रकाशित पछिल्लो कथासङ्ग्रह हो । यसपालि साझा प्रकाशनले धेरै कथासङ्ग्रहहरू ब्ाजारमा ल्याएको छ । यही क्रममा नारायणको शत्रु कथासङ्ग्रह पनि आएको हो । लामा छोटा गरी ३३ वटा कथा समेटिएको यो सङ्ग्रह नेपाली मध्यम वर्गीय जीवन र पछिल्लो सामाजिक मनोदशालाई बुझ्न काफी छ । यस सङ्ग्रहले उठाएको विषय भनेको यही समाजमा जीवनयापनका लागि सङ्घर्षरत मानिसको कथा नै हो । मानिसभित्र विद्यमान सपना र सपना जित्न जीवनरेसमा कुदेका मानिस नै नारायणका पात्र हुन् । शत्रुभित्रका सबै कथाले नारायणको इमान्दारिता र जीवनप्रतिको उनको स्वाभाविक धारणालाई प्रस्ट पार्छ ।
न्ाारायणका कथाहरूमा स्वैरकल्पना छैन । तिलश्मी र मनगढन्ते प्रसङ्गहरू पनि छैनन् । कथालाई रौनकता थप्न भनेर अनावश्यक फुँदाहरू प्ानि कथामा जोडिएका छैनन् । यो आममानिसका कथाको सङ्ग्रह हो । यहाँ आममानिसका जीवन न्ौ छन् । आममानिस जो यही समाज र यही देशमा बस्छ । जोसँग जीवनभन्दा ठूलो पहाड अरू केही छैन । जोसँग सपनाभन्दा गह्रुँगो भारी अरू कुनै छैन । र, जोसँग आफन्तभन्दा ठुलो शत्रु अरू कोही छैन ।
श्ात्रुभित्रका कथा तपाईं-हाम्रा कथाहरू हुन् । जुन नारायणले अत्यन्त सहज र स्वाभाविक रूपमा लेखेका छन् । कथाहरू पढ्दा लाग्छ, यो आमनेपालीको डायरी हो, दैनिकी हो । कथाको विषयवस्तुमा रहेको सहजतालाई नारायणको कथा लेखनको शैलीले पनि पछ्याएको छ ।
कविताबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका नारायणले आफ्नो परिचय आख्यानमा बनाएका छन् । मुक्तक र कवितामा कुनै समय सक्रिय नारायण हिजोआज कथामा नै व्यस्त छन् । नारायणको विशेषता भनेको उनका कथाहरू छोटा र प्रभावकारी हुन्छन् । अझ उनी त लघुकथा र लघुउपन्यास लेख्न रुचाउँछन् । पाठकको समयको सम्मान गर्दै सायद उनले यसो गरेका होलान् भन्ने हाम्रो अनुमान छ ।
नारायण सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिबाट सिर्जित मानवीय समस्या विश्लेषणमा केन्दि्रत छन् । उनी आफ्नो लेखनबाट समाजमा विद्यमान मानवीय समस्या र त्यसको निदानको उपायसम्म केन्दि्रत रहन्छन् । सामाजिक परिवेश र मानवीय जीवनसङ्घर्षले नारायणका पात्रलाई वास्तविकताको धरातलतिर धकेल्छ । उनी यही वास्तविकताको धरातलमा रहेर कथाकर्ममा व्यस्त छन् ।
शत्रु कथा नारायणको तेस्रो कथासङ्ग्रह हो । यस सङ्ग्रहभित्र दस वर्षभित्र लेखिएका कथाहरू समेटिएका छन् । विक्रम सम्वत् २०५३ पछिको नेपालको राजनीतिक परिवेश, सामाजिक-आर्थिक अवस्था र मानिसको चेतनामा थपिएको उचाइ कथामा भेटिन्छन् । अझ ५० को दशकपछिको नेपाली परिवेश, राजनीति र कर्मचारीतन्त्रमा आएको फेरबदल नारायणले आफ्ना कथामा स्केचजस्तो उतारेका छन् । देश, काल, परिस्थिति वा समसामयिक परिवेशको प्रत्यक्ष प्रभाव उजागर गर्ने नारायणको सिर्जनकौशल र पात्रविधानमा मौलिकता छ । हामीलाई लाग्छ, नारायणको यही मौलिकता नै नारायणको विशिष्टता हो । उनको लेखनको सफलता हो ।
नारायणको लेखनमा बनावटीपन छैन । उनले जे लेखेका छन् त्यो सत्य लेखेका छन् । मानिसको जीवन जस्तो छ उनका कथाहरू पनि त्यस्तै छन् । नारायणले आफ्ना कथामा समसामयिक विषयवस्तुलाई मन्थन गर्छन् र सरल रूपमा पात्रहरूको सिर्जना गर्छन् । ती स्वाभाविक तर प्रतीकात्मक रूपमा आएका पात्रहरूले ठूला र बोझिला संवाद बोल्दैनन् । सामान्य र सरल तिनका संवादमा हाम्रो जीवन-सङ्घर्ष प्रस्टिन्छ । नारायणका कथाका पात्रहरूकै सामाजिक द्वन्द्वबाट कथा अघि बढ्छ । पात्रहरूकै सहयोगमा उनले सामाजिक विसङ्गतिलाई पर्दाफास गर्छन् । त्यति मात्र हो र नारायण आफ्ना कथामा नदेखिने किसिमबाट सन्देश दिन पनि सक्षम छन् । उनले उठान गर्ने विषय, त्यसमा भेटिने पात्र अनि विम्बात्मक प्रस्तुतिले पाठकको मनमा गहिरो छाप छोड्न सफल छ ।
तराईको कुनै गाउँमा जन्मिएर जागिरको सिलसिलामा विराटनगरजस्तो औद्योगिक सहरमा आफ्नो पूरै बैंस रित्याएका नारायणले छोराछोरीको भविष्यमोहले डोहोर्‍याएर अहिले देशको राजधानी सहर आइपुगेका छन् । काठमाडौंको नजिकै भक्तपुरमा बसेर नारायण अहिले साहित्य कर्ममा व्यस्त छन् । उनको यो व्यस्तता कथा सिर्जनाकै लागि हो भन्ने हामीलाई लाग्छ । नारायणका कथाहरूमा उनको यो जागिर र सन्तानको भविष्यमोहले डोहोर्‍याएको यात्रा पनि पटकपटक देखिएका छन् ।
नारायणले पाठकलाई छल्ने काम गरेका छैनन् । पाठकलाई गम्भीर र दुःखी बनाउने काम पनि गरेका छैनन् । उनले मानिसका जीवन तस्बिरहरू राखिदिएका छन् । यही जीवन तस्बिर हेरेर कोही दुःखी भए भने यसमा नारायणको कुनै दोष छैन । यही जीवन तस्बिर हेरेर कोही रोमाञ्चित हुन्छ भने नारायण अलिकति खुसी हुन सक्छ । तर, यही जीवन तस्बिर हेरेर कोही हैरान र विक्षिप्त भयो भने नारायण बरु दुःखी हुनेछ । मानिसहरूको दुःख नारायणको पनि दुःख हो । तर्सथ नारायण दुःखहीन मानिसको पक्षमा छ । उसलाई मानिस सरज र सरल हुन् भन्ने नै लाग्छ । हामीलाई लाग्छ नारायणको यो तेस्रो कथासङ्ग्रह पनि त्यसैको प्रयास हो ।