अन्तर्घाती चिन्दै कांग्रेस

अन्तर्घाती चिन्दै कांग्रेस


अन्तर्घातका कारण प्रतिनिधि/प्रदेशसभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय बेहोर्नुपरको ठहर गर्दै नेपाली कांग्रेस आक्रमक बनेको छ ।

पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस ओखलढुङ्गाले स्वतन्त्र उम्मेदवारी लगायत २० जनालाई कारबाही गरेको हो ।
२० जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही स्वरुप निष्काशन गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

करबाहीमा पर्नेहरुमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली, प्रस्तावक समर्थकहरु रामजी बास्तोला र ठाकुर प्रसाद गौतम, प्रचारप्रसार समिति संयोजक कमल तामाङ, सक्रिय सहयोगीहरु दुर्योधन गिरी, जितेन्द्रबहादुर कार्की, सिताराम श्रेष्ठलगायत छन् ।

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरु रामहरी खतिवडा, सभापति एवं प्रदेशसभा सदस्य ‘ख’ का उम्मेदवार प्रदिपकुमार सुनुवार, प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार मित्रसेन दाहाल र प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार गोमा केसीद्वारा जारी विज्ञप्तिमा कारबाही गरिएको उल्लेख छ ।