म्याराडोना गर्लफ्रेण्डसँग कोलकोतामा

म्याराडोना गर्लफ्रेण्डसँग कोलकोतामा


विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोना आफ्नो तीन दिने निजी भ्रमणमा भारतको कोलकोता आईपुगेका छन ।

आइतवार कोलकोता आइपुगेका म्याराडोना सेप्टेम्वरमा भारत आउने कार्यक्रम तय भएपनि विशेष कारणले गर्दा स्थगित भएको थियो ।

म्याराडोनाको पहिले सेप्टम्वर १९ मा भारत आउने कार्यक्रम रहेको थियो ।

म्याराडोना बर्तमान अवस्थामा दुबईको अल–फुज्जाइराह एससीको क्लबमा प्रशिक्षकको भूमिका निभाई रहेका छन । म्याराडोनाको यो भ्रमणमा उनकी गर्लफ्रेण्ड रोसियो ओलिवा पनि संगै आएकि छिन् ।

५७ बर्षिय म्याराडोनाले भारत भ्रमण गरेको दोश्रो पटक हो । यो भन्दाअघि उनले सन २००८ मा भारतको भ्रमण गरेका थिए । १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउन उत्कृष्ट भूमिका निभाएका म्याराडोनाको एक झलक पाउन कोलकोता विमानस्थलमा हजारौंको भिड लागेको थियो ।

सो अवसरमा म्याराडोनाले आफ्ना प्रशंसकहरुलाई कारको ढोकामा चढेर हात हल्लाउँदै अभिवादन गरेका थिए ।

म्याराडोना आज मंगलवार डिसेम्वर १२ मा भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुलीको फुटबल टीमसंग कोलकोतामा च्यारेटी फुटबल खेल्ने कार्यक्रम रहेको छ ।