टिकापुर घटनाका ‘खलनायक’ को विजय जुलुसमा भारतीय गाडीको प्रयोग (भिडियोसहित)

टिकापुर घटनाका ‘खलनायक’ को विजय जुलुसमा भारतीय गाडीको प्रयोग (भिडियोसहित)


प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कैलालीमा भारतीय गाडीको प्रयोग गरि विजय जुलुस निकालिएको छ ।

राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएपछि उनका समर्थकले कैलालीमा वृहत विजय -याली निकालेका हुन ।

विजय ¥यालीमा रेशमकी श्रीमती अबिर लगाएर सरिक छन् । तर रेशम सरिक छैनन् । विजय -यालीमा भारतीय गाडीको प्रयोग गरिएको छ ।

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् ।
उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

अत्याधिक मतका साथ विजयी चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय यतिबेला अन्योलमा छ ।