राँधीको साधारण सेयर निष्कासन हुँदै

राँधीको साधारण सेयर निष्कासन हुँदै


लमजुङमा सञ्चालित ४ दशमलव ४ मेगावाट क्षमताको राँधी साना जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी राँधी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले आगामी पुस ३ गतेबाट साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको हो ।

कम्पनीले लमजुङमा सञ्चालित ४.४ मेगावाटको राँधी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको यस कम्पनीले ६ करोड ६४ लाख रुपैयाँबराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर निष्काशन गरेर बाँटफाट गर्ने प्रबन्ध सञ्चालक विनयकुमार भण्डारीले बताए । उनका अनुसार निष्काशन हुने सेयरमध्ये २ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीका लागि र ५ प्रतिशत समुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

राँधीको सेयर खरिद गर्नेले न्युनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८ सय कित्तासम्मका लागि आवेदन दिन सक्ने भण्डारी बताउँछन् । शेयर खरिदकर्ताले पुस १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । शेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई तोकेको छ ।

राँधीले २०७१ असारबाट विद्युत उत्पादन गर्दै आएको छ । प्रतिमेगावाट १३ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न आयोजनाले एक वर्षपछि लगानीकर्तालाई लाभांश बाँड्न सुरु गरेको थियो ।

कम्पनीले यसअघि गत बैशाखमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।