समानुपातिकमा एमाले पहिलो, दोस्रोमा कांग्रेस

समानुपातिकमा एमाले पहिलो, दोस्रोमा कांग्रेस


प्रत्यक्षतर्फ एक्लैले ७६ सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अत्याधिक मत पाएको छ । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेको छ ।

प्रत्यक्षतर्फ तेस्रो दल बनेको कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने माओवादी केन्द्रले कांग्रेसलाई पछ्याइरहेको छ ।

अहिलेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ एमाले ९ लाख ३६ हजार ४४२ मत प्राप्त गरी पहिलो स्थानमा छ भने ८ लाख ७८ हजार ८२४ मत ल्याएर कांग्रेस दोस्रो स्थानमा रहेको । यस्तै माओवादी केन्द्रले ३ लाख ८५ हजार ४३४ मत ल्याएर तेस्रो स्थान ओगटेको छ ।

निर्बाचन आयोगको अनुसार संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ ।

कुनैबेला पटक पटक बहुमत पाएर सरकार बनाएको कांग्रेस समानुपातिक मतका कारण दोस्रो दल बनिन्छ की भन्ने पर्खाइमा बसेको छ । प्रत्यक्षमा नराम्रोसँग झड्का लागेको कांग्रेसलाई जितेका सिट पनि निल्नु न ओकल्नु भएको छ ।