भारतीय कंग्रेसको अध्यक्षमा राहुल गान्धी

भारतीय कंग्रेसको अध्यक्षमा राहुल गान्धी


भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित भएका छन् । पुर्वानुमान अनुसार नै उन अध्यक्षमा मनोनित भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले कंग्रेसको नेतृत्व गान्धी परिबारबाट अर्को पुस्ताले गर्न लागेको बताएका छन् । “राहुल गान्धी भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,” उनले कंग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भने, “यो ऐतिहासिक घटना हो ।”

झण्डै दुई दशकदेखि पार्टीको नेतृत्व गर्दै आएकी ७१ बर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी हुन् । गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा गरिएको थियो ।

राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री भएका थिए ।
राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो । उनले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्ने छन् ।

भारतीय कंग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । कार्यकर्ताहरुले राहुल जिन्दाबाद भन्दै नारा लगाएका थिए।